काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व उपाध्य विद्या भण्डारीको सदस्यता रोक्ने निर्णयको विरोध गर्दै पार्टी सचिवालय बैठकमा फरक मत राखेका छन् । शुक्रबारबाट सुरु हुने विधान महाधिवेशन अघि बिहीबार बसेको सचिवालय बैठकमा उनले भण्डारीको सदस्यता समेत नरहने गरी आएको निर्णय नेपालको संविधान र पार्टी विधानको प्रतिकूल भएको उल्लेख भएको उल्लेख छ ।
‘सदस्य समेत नरहने गरी, पार्टी राजनीतिमा समेतसंलग्न हुन नपाउने गरी गरिएको निर्णय र त्यसपछि जारी गरिएको ‘अन्तर पार्टी निर्देशन – १२’ मा उल्लेख गरिएको सो विषय नेपालको संविधान, कानूनी प्रवन्ध र हाम्रो पार्टीको विधान प्रतिकूल रहेकोले त्यस निर्णयसित सहमत हुन नसकी विधान महाधिवेशन अगाडि आयोजना गरिएको यो सचिवालय बैठक समक्ष मेरो मत प्रस्तुत गर्दैछु’ पोखरेलको फरक मतमा छ।
उनले अस्वाभाविक वातावरणमा नवौं बैठकमा अन्तिम निर्णय सुनाउँदै बैठक समापन गरिएको, त्यसपछि राखिएको केन्द्रीय कमिटीको बैठक सूचनामार्फत अनिश्चित कालका लागि स्थगित गरिएका कारण अहिले सचिवालयको बैठकमा औपचारिक रूपमा आफ्नो विचा र प्रस्तुत गरेको उनले उल्लेख गरेका छन् ।
‘पार्टी र आन्दोलनमा पर्ने दूरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमती राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्था बमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्व निर्णयलाई सच्याइयोस् भनी अनुरोध (माग) गर्दछु’ पोखरेलले भनेका छन् ।

