सोमबार, माघ ०६, २०८२

नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने क्रममा आइतबार चीनको तियानजिनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो ।

भेटमा मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । भेटको तस्बिर सामाजिक संजालमा राख्दै मोदीले भनेका छन्,‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउँदा खुसी लागेको छ। भारत र नेपालको सम्बन्ध गहिरो र विशेष छ।’