मङ्गलबार, असार ०९, २०८३

सुदूरपश्चिमको बजेटमा एमालेको असन्तुष्टि, संशोधन नभए सरकार छाड्ने चेतावनी

सुदूरपश्चिम । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट संशोधन  नभए सरकार छाड्ने चेतावनी दिएको छ ।

धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११ औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो । बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पारेको छ ।

एमाले सुदूरपश्चिमले सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष निकालेको छ ।

यसमा तपाईको प्रतिक्रिया