सोमबार, माघ ०६, २०८२

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटले सम्पन्न गर्याे वृहत् तीज विशेष कार्यक्रम

 काठमाडौ : राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटले हरीतालिका तीज विशेष स्रष्टा सम्मान तथा वृहत् साँस्कृतिक कार्यक्रम बिहिवार जरंखु काठमाडौमा भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा दर खाने कार्यक्रम पनि विशेष बनेकाे थियोे । संस्थाका नुवाकोट जिल्ला महिला उपाध्यक्ष राेजी रुम्बाकाे संयाेजकत्व, जिल्ला अध्यक्ष छिरिङ तामाङकाे सभापतित्व, जिल्ला सदस्य बिमला लामाकाे सह संयाेजकमा कार्यक्रम अगाडि बढाइएको थियोे ।

प्रमुख अतिथिकाे सम्बाेधनमा बागमती प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति माननीय रमेशकुमार महत रहनु भएको थियोे । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय अध्यक्ष लाेकप्रिय गायक प्रकाश कटुवाल, संस्थाका केन्द्रीय प्रथम उपाध्यक्ष एवम् गायक अमृत खाती, केन्द्रीय समितिका सचिव रुपक परियार, सह काेषाध्यक्ष सन्ध्या सानू, बागमती प्रदेश समितिका अध्यक्ष दावा फिन्जाे तामाङ, महासचिव दिनेश तामाङ, बरिस्ठ उपाध्यक्ष अर्चना स्याङ्तान, महिला उपाध्यक्ष फुलमाया तामाङ, पत्रकार तथा समाजसेवी पवित्रा लामा, समाजसेवी हरि गुरुङ, निरमाया तामाङ, लगायतकाे व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम सञ्चालककाे भुमिकामा लाेकप्रिय कार्यक्रम प्रस्तताेता एवम् संस्थाका बागमती प्रदेश समितिका सचिव करण तामाङले गरेका थिए । जिल्ला कार्यसमिति नुवाकोटले गरेको उक्त वृहत् कार्यक्रममा केन्द्रीय तह, प्रदेश तह, अन्य जिल्लाहरु, पालिका कार्यसमितिहरु, बरिस्ठ समाजसेवी र विशेष व्यक्तित्वहरुकाे बाग्लाे उपस्थिति रहेको थियोे । कार्यक्रम साेचे भन्द भव्य रहेको भन्दै उपस्थित सबैलाई संयाेजक राेजी रुम्बा र अध्यक्ष छिरिङ तामाङले धन्यवाद व्यक्त गरेका छन् ।