मङ्गलबार, पुष २९, २०८२

तमु धीं जापानको २७औं रोधीं साँझ २०२५ आज टोकियो मेगुरोमा 

टोकियो । तमु धीं जापानको २७ औं रोधीं साँझको तयारी पुरा भएको छ । कार्यक्रम अगष्ट १० तारिख आज टोकियो मेगुरोमा हुने तमु धीं जापानका महासचिव विनय गुरुङले जानकारी दिए ।
कार्यक्रमको लागि नेपालबाट तमु समुदायका मौलिक भाषा र संगीत प्रति समर्पित सर्जक गायक राज बहादुर गुरुङ जापान आइसक्नु भएको छ । आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा जापानका रही विभिन्न ठाउमा छरिएर बसेका तमु समुदायलाइ एकिकृत र भाइचाराको सम्बन्ध कायम राख्दै, सामाजिक सेवामा पूर्ण समर्पित तमु धीं जापानले हरेक वर्ष आफ्नो मौलिक पर्ब ल्होसार र रोधीं साँझ जस्ता संस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
यसै संदर्बमा यसपाली पनि तमु धिं जापानले रोधीं साँझ गर्न लागेको हो ।

कार्यक्रममा ख्यातिप्राप्त आमत्रिक लोक गायक राज बहादुर गुरुङ लगायत कलाकारको मौलिक प्रकारका नृत्यहरु प्रस्तुत हुने तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङले जानकारी दिईन ।