सोमबार, माघ ०६, २०८२

भ्वाइस किड्स चौंथो सिजनको राजभण्डारीको हातमा उपाधि, जितिन् १० लाख पुरस्कार

काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । जितपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन् । आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् । उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए ।