मङ्गलबार, फागुन ०५, २०८२

एनआरएनए आईसीसीले एनसीसीमा निर्वाचित पदाधिकारीहरूसंग अन्तरक्रिया गर्ने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै निर्वाचित भएका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी तथा सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार अन्तरक्रिया कार्यक्रमको उद्देश्य एनसीसी प्रतिनिधिहरूबीच आपसी चिनजान गराउने, संघको वर्तमान गतिविधिबारे जानकारी दिनु तथा भावी कार्ययोजनाबारे छलफल गर्नु रहेको छ।
उक्त कार्यक्रम आगामी आइतबार, साउन २५ गते (१० अगस्ट २०२५) को दिन नेपाली समय अनुसार बेलुका ५:०० बजे Zoom भर्चुअल माध्यममार्फत आयोजना गरिनेछ।