टोकियो । अन्तर्राष्ट्रिय सहयोग संस्था शाप्ला नीर ले विद्यालयमा हुने दुर्व्यवहार र समस्याबाट बालबालिकालाई सुरक्षित राख्न अभिभावकहरूलाई लक्षित गर्दै गफ गर्ने कार्यक्रम ‘चौतारी’ आयोजना गर्ने भएको छ।
कार्यक्रम २०२५ अगष्ट १० आइतबार, दिउँसो १२:३० बजे देखि ४:०० बजेसम्म नेपाली रेष्टुरेन्ट सोलमारी चोफु सिटी, टोकियोमा कार्यक्रम निःशुल्क छ।
यस कार्यक्रममा चोफु सिटी बालगृह तथा परिवार सहायता केन्द्र “सुकयाका” की बालकल्याण विज्ञ युकी मिमाकीले जापानी विद्यालयमा देखिने सामान्य समस्याहरू र अभिभावकहरूले कसरी सहयोग गर्ने भन्ने विषयमा सरल भाषामा जानकारी दिनेछन्।
लक्ष्य समूह: जापानी प्राथमिक विद्यालयमा अध्ययनरत नेपाली अभिभावक २० जोडी (अभिभावक मात्र पनि सहभागी हुन सक्ने) क्षमता पुगेपछि आवेदन बन्द हुनेछ। आवेदन चिठीमा दिएको QR कोडमार्फत गर्न सकिन्छ।
शाप्ला नीरका अनुसार, “बालबालिकाले विद्यालय जीवन सहज र सुरक्षित तरिकाले बिताउन अभिभावकबीच विचार आदान–प्रदान र अनुभव बाँड्ने स्थान उपलब्ध गराउन” यो कार्यक्रम आयोजना गरिएको हो।
सम्पर्क
E-mail: tabunka@shaplaneer.org
TEL: 070-8912-0213

