बुधबार, असार ०३, २०८३

एनआरएनए यूकेको जुलाई २६ मा निर्वाचन हुँदै, अध्यक्षमा तीन जना भिड्दै

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको आगामी साता हुने निर्वाचनको लागि उम्मेदवारहरुको नाम तय भएको छ । निर्वाचन समितिका संयोजक रामशरण सिमखडाका अनुसार उम्मेदवारको अन्तिम सूचि बमोजिम ८ वटा पदमा मात्र चुनाव हुने भएको छ । निर्वाचन समितिले मंगलवार साँझ प्रकाशन गरेको अन्तिम उम्मेदवारको सूची अनुसार अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेलबीच निर्वाचन हुने भएको छ ।

यस्तै २ उपाध्यक्षको लागि ५ जनाको नाम कायम रहेको छ । उपाध्यक्षमा डा. रक्षा थापा, तिलकराम भट्टराई, शम्भु प्रसाल अर्याल, उज्वल कार्की र ज्ञानेन्द्र आलेबीच निर्वाचन हुने भएको छ । यस्तै महासचिवमा पुन्य रेग्मी र दीवाकर पाण्डेबीच निर्वाचन हुने भएको छ ।

यस्तै, स्टकल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षको लागि २ जनाको उम्मेदवारी परेको छ । स्कटल्याण्ड उपाध्यक्षमा शशी कार्की र रामप्रसाद खनालबीच निर्वाचन हुनेछ । यस्तै, २ सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा धातानन्द खरेल,भूपाल कार्की र कृष्ण देवकोटाको उम्मेदवारी कायम छ ।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट हुँदैछ।