बुधबार, साउन ०१, २०८२

बजेटमा ‘टेक एण्ड पे’ हटाउन सत्तारुढ कांग्रेस-एमालेबीच सहमति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा टेक एण्ड पे र टेक अर पे दुवै नराख्ने सहमति भएको छ ।

सोमबार नेतृत्वबीचको छलफलमा यस्तो सहमति भएको एक जना नेताले जानकारी दिए ।

उनीहरुबीच अब माग र खपतको आधारमा पीपीए अगाडि बढाउने, ऊर्जा विकास मार्गचित्र २०८१ लाई पूर्णरुपमा कार्यान्वयन गर्ने गरी सरकारले अगाडि बढाउने सहमति भएको हो ।

ऊर्जा व्यवसायीहरुले यसको निरन्तर विरोध गर्दै आएपछि सत्तारुढ दलहरुबीच सो प्रावधान नराख्न सहमति भएको हो ।