ललितपुर । गाेदावरी वडा नम्बर ३ मा गणेशमान सिंह स्मृति बहु प्राविधिक शिक्षालयको आयोजनामा संचालित बेसिक ब्युटिपार्लर तालिम सम्पन्न भएको छ ।
शोभाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा वडा कार्यलय तिनकाे उदेश्य अनुरूप संचालित ६५ दिने बेसिक ब्युटिपार्लर तालिम नगरपालिकाकी उप-प्रमुख मुना अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हाे ।
नगर उप- प्रमुख अधिकारीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताईन् । बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने उनकाे भनाइ छ।
नगर उप- प्रमुख अधिकारीले तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु-याउनुको साथै संवेदनशील पेशा भएको बताउँदै सीप सिकिसकेपछि त्यसकाे उपयाेग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अवसरकाे सदुपयोग गर्न सम्पूर्णलाई सुझाव दिईन् ।
त्यस्तै, वडाध्यक्ष राज घिमिरेले महिलाहरूको क्षमता अभिवृद्धि गर्न, आत्मनिर्भर, आयआर्जन र स्वरोजगारका लागि महिला लक्षित तालिम आयोजना गरिएको बताए । यस्ताखाले तालिम प्रभावकारी हुने भएकाले माँगमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै वडाध्यक्ष घिमिरेले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै यस पछि एडभान्स व्युटिपार्लर तालिम संचालन गर्ने योजना रहेको समेत बताए ।
महिलाहरुलाई सक्षम र आर्थिक उपार्जन गर्नका लागि वडा कार्यालयले सीप विकास तथा सीप हस्तान्तरण कार्यक्रमलाई प्राथमिकता दिएको उनी बताउँछन् । ब्युटितालिमका प्रशिक्षार्थिहरुलाइ ब्युटिसियन शाेभा केसीले प्रशिक्षण दिएकी थिइन ।