जापान । लमजुङ समाज जापानको अध्यक्षमा लील गुरुङ (नमस्ते) सर्व सहमति चयन हुनु भएको छ । शनिवार हिजो टोकियोमा सन्पन्न भेलाले नमस्ते (लील) गुरुङ लाई अध्यक्षमा चयन गरेको सल्लाहकार शिव हरि पौडेलले जानकारी दिनुभयो ।
लमजुङ समाज जापानको अधिवेशनले लील गुरुङ (नमस्ते) लाई सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि समाजको अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको महासचिवमा महेन्द्र नेउपाने चयन भएका छन् भने उपाध्यक्षमा दामोदर धिताल,सोम गुरुङ र महिला उपाध्यक्षमा रूपी दूरा रहनु भएको छ।
कार्यभार हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष गुनीमाया गुरुङले नव-निर्वाचित अध्यक्ष गुरुङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै समाजलाई अझ सशक्त र सक्रिय बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष नमस्ते गुरुङले समाजको सदस्यता विस्तार र आवश्यकता अनुसार विभिन्न प्रान्तीय समिति गठनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।