बुधबार, साउन ०१, २०८२

एनआरएनए आईसीसी अध्यक्षमा अमेरिकाबाट जोशीले उम्मेद्वारी दिने तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जोशीले बताए । जोशीले एनआरएनएको एकतापुर्ण महाधिवेशन गरेर सबैलाई समेट्ने बताएका छन्।
एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम र फेस भेरिफिकेसन सिस्टमका योजनाकार उनैलाई मानिन्छ ।
चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए ।

अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशी लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् ।

सचिव हुँदै दुई कार्यकाल महासचिव पदमा रहेका जोशी अधिकांश पुर्व अध्यक्षहरुको रोजाईमा परेका छन्। महेश श्रेस्ठ नेतृत्वको असन्तुष्ट पक्षलाई समेत समावेश गरेर एकतापुर्ण महाधिवेशन गर्ने तयारी जोशीले गरेका छन्।