विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् । बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।
आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १।१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री मगरले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड, र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
प्रस्तावित बजेट चालु आर्थिक वर्षको बजेटभन्दा १.१७ प्रतिशतले बढी हो ।