काठमाडौं । शंखरापुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
“स्वास्थ परिक्षण गराैं निराेगी र स्वस्थ जिवन बाँचाै” भन्ने मुल नाराका साथ जहरसिं पाैवा युवा क्लबकाे आयाेजनामा एक दिने बृहत् नि:शुल्क स्वास्थ शिविर गर्न लागिएको क्लबका अध्यक्ष बासु तामाङले जानकारी दिनुभयाे ।
आगामी शुक्रबार शंखरापुरा ३ जहरसिं पाैवामा सञ्चालन गरिने शिविरमा काठमाडौं मेडिकल कलेज सिनामंगलकाे विशेषज्ञ टोलीको प्राविधिक सहयोग रहने अध्यक्ष तामाङले बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट स्त्रीरोग, बाल राेग, हाडजोर्नी तथा नशासहित विभिन्न रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधी निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो ।
जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरूको चेक जाँच गर्ने प्रबन्ध मिलाइएको छ । आँखा, नाक कान घाँटी ,शल्यक्रिया सर्जरी साथै यूएसजि, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण हुने र सबै प्रकारका रोगहरूको निःशुल्क औषधी वितरण समेत गर्ने योजना बनाइएको छ ।
बिहान ८ बजेदखि सञ्चालन हुने शिविरबाट सबैलाई लाभ लिन र आफ्नो स्वास्थ्य परीक्षणका लागि अध्यक्ष तामाङले आग्रह गर्नुभयो ।
यसैगरी,नि:शुल्क स्वास्थ शिविरमा चेकजाँच गरि पूर्जा लिई काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालमा जाँदा अपरेसनसहित सबै सेवा २५ प्रतिशत छुटका् व्यवस्था गरिने आयाेजकले जनाएको छ ।