काठमाडौं । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष कवि गोष्ठी सम्पन्न भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समिति र साहित्य सदन नेपालको सहकार्यमा आयोजित कवि गोष्ठीमा शान्तिदूत बुद्धलाई सम्झिँदै ३३ जना कविहरूले कविता सुनाएका थिए । कविहरूले कवितामार्फत शान्ति स्थापना, बुद्धले दिनुभएका ज्ञान, र सामाजिक समानताको पक्षका साथै बुद्धको सन्देशबाट जिवनमा आएको परिवर्तनका पक्ष र वर्तमान नेपालमा बुद्धको शान्ति, अहिंसा र मानवताको सन्देश फैलाउनुपर्ने भावका रचना सुनाएका थिए ।
कविहरू सविता गौतमले म सग हरियो पहाडझ, गोविन्द घिमिरे वेदमणिले ञबुद्ध ध्यानझ, बटु न्यौपानेले ञमेरो प्यारो आलुझसीता शर्माले ञखै कहाँ पुग्यो र मानिसझ,गिता त्रिपाठीले ञउन्मुक्तिझ र कृष्ण प्रसाईंले ध्यानको आयुझ शिर्षकमा कविता वाचन गरेका थिए ।
यसैगरी, कविहरू भुवनहरी सिङ्देलले ञबुद्धत्व कामनाझ डा.अमर गिरीले ञसपनामा बुद्धझ,परशुराम पराशरले ञकसरी शान्ति को गित लेखौझ,ज्योति जंगलले ञप्रिय बोधिझ,डा. राम प्र. ज्ञवालीले ञसमरमित छ यो मसिझ,रोहिनि रसिकले ञसिद्धार्थका मार्गहरू समातेझ, त्रिलोचन आचार्यले ञशान्तिका अग्रदुतझ र नर्मदेश्वरी सत्यालले ञबुद्धका देशकी अछुतझ शिर्षकमा कविता वाचन गरेका थिए ।
यस्तै, कविहरू बलराम तिमल्सिना,एनबि जनकपुरी ,धिरेन्द्र प्रेमर्शि,आलोक चालिसेलगायतले पनि आ-आफ्नो कविता सुनाएका थिए ।
बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न यस्ता किसिमका कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै समितिका अध्यक्ष राज कुमार लामाले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउनुभयो । साथै, भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध समेत गर्नुभयो ।
सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताउँदै समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले समाजमा आपसी सद्भाव र प्रेमको अभाव खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि आफुहरूले यसप्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो । साहित्यका माध्यमबाट भगवान् गौतमबुद्धले हामीमाझ छोडेर जानुभएका राम्रा विचार र मार्गदर्शनलाई अभिव्यक्त गर्दै आउँदा पुस्ताहरूलाई समेत सत्मार्गतर्फ लम्किन उत्प्रेरित गर्ने वहाँको भनाइ थियो ।
साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा होमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरे,नेपाल संस्कृत विश्व विद्यालयका पूर्वकुल सचिव प्रा.जगत उपाध्याय, धर्मगुरू तोर्चे गुरूङ(से रिन्पोछे नाम्खी दोर्जे), भाषा आयोगका सदस्य डा.अमर गिरी, प्रा.डा जिवेन्द्र देव गिरी लगायत साहित्यकार, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् ।
सम्राट अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको शताब्दी औं भइसकेको छ ।

