शुक्रबार, चैत १६, २०८०

जापानको सडक दुर्घटनामा परि एक युवाको मृत्यु,मृर्त शरीरलाई नेपाल पठाईदिन परिवारबाट अपील

टोकियो,९ साउन । २९ महिनाअघि  जापान आएका एक जना विद्यार्थीको दुर्घटनामा परी मृत्यु भएको छ । जापानको गुन्माकेन बस्दै आएका नवलपरासीका ३१ बर्षीय हृदेश जिसीको उपचारको क्रममा मृत्यु भएको एनआरएन जापानका उपाध्यक्ष टासी लामाले जानकारी दिए ।

आइतबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिसीको ओटाकोस्थित सुबारु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिसीलाई वजारवाट फर्कनेक्रममा गाडीले ठक्कर दिएर घाईते बनाएको थियो । गाडी चालकलाई प्रहरीले नियन्त्रनमा लिएको छ ।

स्वर्गीय जिसीको मृर्त शरीरलाई नेपाल पठाइदिन परिवारबाट अपील गरेको छ । नेपालबाट मातृ सन्देश डट कमलाई आग्रह गर्दै मृतकका नातामा भाई पर्ने तिर्सन भुजेलले प्रक्रिया पुराएर नेपाल पठाइदिन अनुरोध गरेका छन । स्व.जिसीको मृर्त शरीरलाई नेपाल पठाउन टोकियोस्थित नेपाली दुतावासले सबै प्रक्रिया पुराएर पठाउने जानकारी दिएको छ ।

सामान्य परिवारका जिसी २९ महिनाअघि जापान आएका थिए । बिहे गरे पनी उनको सम्बन्ध बिछेद भैसकेको छ । उनी जापानमा साथीहरूसंग बस्दै आएको वताईएको छ ।
प्रशिक्षार्थीको रुपमा जापान आएका जिसी गत वर्ष विदामा नेपाल पुगेर फर्केका  थिए ।