मङ्गलबार, असार १०, २०८२

टोकियो अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी नेपाली धावकहरूलाई राजदूत सुवेदीद्वारा हौसला प्रदान

टोकियो । टोकियो अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आएका नेपाली धावकहरूलाई जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले हौसला प्रदान गर्नुभयो।

राजदूत सुवेदी स्वयं खेल स्थानमा पुगेर खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूलाई शुभकामना दिनु भयो। उहाँले नेपाली खेलाडीहरूको मेहनत, अनुशासन, र समर्पणको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित खेलाडीहरूले जापानमा प्राप्त सहयोग र हौसलाले आफूहरूलाई थप प्रेरित बनाएको बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनए जापानका पदाधिकारीहरू, खेलप्रेमी नेपालीहरू, तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा नेपाल-जापानबीच खेलकुदको माध्यमबाट सम्बन्ध अझ मजबुत बनाउने विषयमा छलफल समेत भएको थियो।

यसरी जापानमा रहेका नेपाली समुदायको सक्रियताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।यस टोकियो अन्तर्राष्ट्रिय म्याराथन दौडमा विश्वभरीबाट ३७००० सहभागी रहेको थियो।