जापान । नेपाली जनप्रगतिशील मन्च जापानले वार्षिक साधारण सभा गर्ने भएको छ। मार्चको ९ तारिक मिति तोकिएको साधारण सभा नागोयामा हुने भएको हो ।
अधिवेशनमा नेपालबाट नेकपा एशिया प्रदेश ईन्चार्ज ओम शर्मा लगायत नेताहरूको उपस्थिति रहने मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिए। मञ्चले कार्यक्रम व्यवस्थापनको जिम्मा भने नागोया क्षेत्रीय कमिटीलाई दिएको छ। कार्यक्रममा सबै क्षेत्रबाट माओवादी निकट शुभईच्छुकहरुको ठूलो उपस्थिति रहने भएकाले कार्यक्रमको भव्य तयारी थालिएको नागोया क्षेत्रिय अध्यक्ष रन्जित गौतमले जानकारी दिए।
कार्यक्रममा विभिन्न क्षेत्रहरूको रिपोर्टिङ ,संगठनको हालसम्मको आर्थिक प्रतिवेदन , विधान संशोधन लगायत विषयहरूमा छलफल सहित ,विधान अधिवेशन समेत गर्ने निर्णय गरेको महासचिव दावा लामाले जानकारी दिए। आर्थिक प्रतिवेदनमा संगठनको वार्षिक आय-व्ययको विवरण, प्रस्तुत गरिने कोषाध्यक्ष गैरी सापकोटाले बताए! साथै मञ्चले विधान संशोधन समितिसमेत निर्माण गरेको छ। विधान अधिवेशनमा संगठनको विधानमा सम्भावित संशोधन, नयाँ विधानको तर्जुमा लगायतका विषयमा छलफल हुने विधान संशोधन समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डे वताउछन्।
साधारण सभामा जनप्रगतिशील मन्च जापानका सल्लाहकारहरू र एशिया प्रदेश लगायतका नेताहरूको उपस्थिति रहनेछ भने नेपालबाट आमन्त्रित नेताहरूको भने राजनीतिक प्रशिक्षण रहने मन्चका प्रबक्ता जिपी लामिछानेले बताए।