मङ्गलबार, असार १०, २०८२

तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेको भट्टराईको टिप्पणी

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।

सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।

साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।
नेपालमा किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकास, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या भएको ,भट्टराईले बताए ।