शुक्रबार, फागुन ०१, २०८२

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसान । मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाले आयोजना गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको छ ।

यहीँ आउदो २९ जनवरी बुधबार बिहान १२  बजेदेखि राति ८ बजेसम्म भव्य रुपमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएकाे छ ।

“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित  नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा  सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो।

उक्त बृहत साँस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रम भव्य र भरपुर मनोरन्जनात्मक बनाउन संघले सबै संघ संस्थाका पदाधिकारीहरुलाई पत्रचार गरिएता पनि विशेष कारणवश पत्र नपुगेमा क्षमा याचना गर्दै दक्षिण काेरियामा रहनु भएका सम्पूर्ण संघ संस्थाका पदाधिकारी ,पत्रकार लगयात सम्पुर्ण दक्षिण काेरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यसै सुचनालाई आधार मानी कार्यक्रममा उपस्थित जनाइदिनहुनको लागि आयोजक संस्थाले हार्दिक अपील समेत गरेको छ ।