बिहिबार, पुष २५, २०८१

थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,बरु तारेखमा आउँदा रिपोर्टसहित आउनेछुः रवि लामिछाने

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छोड्न न्यायाधीशलाई आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीको इजलासमा सभापति लामिछानेले सहकारी प्रकरणमा आफू पनि पीडित भएकाले बाहिरै बसेर मुद्दा लड्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएपछि न्यायाधीश नितिज राईले लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले भने, ’म पनि सहकारी प्रकरणको पीडित हुँ । बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान् ।’

उनले आफ्नो दलले सहकारी पीडितका पक्षमा अन्य दलभन्दा धेरै काम गरिरहेको पनि बताए । उनले भने, ‘थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरु हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के–के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’

सरकारी वकिलेको जवाफी बहस सकिएपछि अब अदालतले प्रतिवादीहरुलाई पुर्पक्षमा पठाउने कि तारेखमा छाड्ने आदेश सुनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *