प्रतिक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि हेरो प्रदीप खड्का जापान आउने निश्चित भएको छ। फिल्मको जापान वितरक सचिन आचार्यले प्रदीप जापान आउने पुस्टि गरे।
‘प्रदिप संग सबै कुरा फाइनल भयो आगामी फेब्रुअरी ५ तारिख बुधबार टोक्योको नाकानो जेरो हलमा फिल्म को जापान पहिलो शो हुनेछ’ सचिनले टोकियो रिलिज बारे जानकारी दिदै भने।
प्रदिप टोकियो रिलिज पछि पश्चिम फ़ुकुओका जाने छन् त्यहाँ ८ तारिख प्रदिप सहित फिल्म को शो राखिएको छ, त्यस्पचात ९ फेब्रुअरीको दिन नागोया शो रहने छ नागोयाको शो अलि बिशेस हुने नागोया शो का प्रमुख श्याम सितल ले बताए।
‘उहा युवा पुस्ता माझ लोकप्रिय मात्र होइन हरेक पुस्ताको प्रिय नायक हो त्यसैले नागोया शो मा अलि फरक तरिकाले एक कार्यक्रम को आयोजना गर्ने पक्षमा हामि छौू’श्याम ले भेने।
ओसाकामा भने सोमबार १० फेब्रुअरीको दिन फिल्म को शो राखिएको छ। एसबाहेक चिवा को एक शो मा प्रदिप प्रतक्ष्य उपस्थित हुने बताइञ्छ।
गत तिहारमा रिलिज हुने भनिएको फिल्मको रिलिज डेट हेरफेर भएपछि जापान वितरक एक समय तानाब्ग्रस्त देखिएका थिए।