जापान । नेपाल मगर संघ जापानले मगरहरूको मुख्य पर्व माघे संक्रान्ति विशेष सांगितिक साँझ २०२५ आयोजना गर्ने भएको छ ।
जापानका मुख्य ५ सहरहरुमा माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरि मनाउन लागिएको संघका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो ।
नेपाल मगर जापान केन्द्र तथा क्षेत्रीय समितिहरुको आयोजनामा कार्यक्रमहरु आयोजना हुनेछन् । नेपालबाट राष्ट्रीय कलाकारहरूको उपस्थितिमा यहि जनवरी १२ मा नागोया,जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा राजधानी टोकियोमा माघे सक्रान्ती विशेष सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा रहको र कार्यक्रमबाट बचत एलिना पुन मगर लाई सहयोग गर्ने कोषाध्यक्ष सविन थापा मगरले जानकारी दिनुभयो ।
जापानवासी आम मगर तथा गैरमगरहरूले सामूहिक रूपमा कार्यक्रम आयोजना गर्न लागिएको र कार्यक्रमा मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु लोक दोहोरी गायक हेमन्त आले मगर, गायिका रेश्मा पुन मगर, गायक चेतन घर्ति मगर, गायिका गिता पाईजा पुन मगर लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने संघका अध्यक्ष रामहरी खपाँगी मगरले बताउनु भयो ।