टोकियो । जापानको प्रतिष्ठित कम्पनी एचएसबी जापान (HSB JAPAN) नयाँ शो-रुमको शुभारम्भ गर्नुका साथै आफ्नै ब्राण्डको सप्लीमेन्ट तथा कस्मेटिकजन्य वस्तुहरुको एकैसाथ सार्बजनिक गरेको छ ।
टोकियोको र्योगोकुस्थित कम्पनीको शो-रुममा गत शनिबार आयोजित एक समारोहकाबीच नयाँ शो-रुमको शुभारम्भ र नयाँ उत्पादनको सार्बजनिकरण एकैसाथ गरिएको हो ।
जापानमा लामो समयदेखि कन्टिनेन्टल रेष्टुरेन्ट, गेष्ट हाउस, रियल स्टेट, मानवसंशाधन, रेमिट्यान्स, जापानी भाषा स्कुल जस्ता क्षेत्रमा लगानी गरेर ब्यवसाय गर्दै आईरहेको जापानको प्रतिष्ठित कम्पनी एचएसबीले आफ्नै ब्राण्ड ‘किरा लाबो’ द्वारा उत्पादित स्वास्थ्यवर्द्धक सप्लीमेन्ट तथा कस्मेटिकजन्य वस्तुहरु नयाँ शो-रुमको शुभारम्भ संगै बजारमा ल्याएको हो ।
शुभारम्भ समारोहमा कम्पनीका अध्यक्ष बिनोद शेरचनले परिवर्तित समय र सन्दर्भमा मानिसहरुका रुची र आवश्यकता पनि फेरिदैं गएको परिप्रेक्ष्यमा हरेक मानिस आज स्वास्थ्य, तन्दुरुस्त, फुर्तिलो, आकर्षक र जवान देखिन एवं रहन चाहन्छ र स्वास्थ्यबर्द्धक सप्लीमेन्ट सेवन गर्ने कल्चरको बिकास गर्दै जाने उद्देश्यले यसप्रकारका उत्पादनहरु बजारमा ल्याईएको जानकारी दिए । उक्त उत्पादनहरुलाई बजारीकरण गर्न, त्यसबारे जनचेतना जगाउन र विक्रिवितरणका लागि आधिकारिक एजेन्सीहरु मार्फत बजार बिस्तार गर्न नियमित काउन्सेलिङ सेवा र सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण कार्यक्रम पनि नियमित गरिने शेरचनले बताए ।
सार्बजनिकरण गरिएका उत्पादनहरुमा सौन्दर्यजन्य, स्वास्थ्यबर्द्धक, बूढ्यौली रोकथाम, रोगनिरोधक, जवानीपनको स्थिरता, पोषणयुक्त, गर्भवती महिलाका लागि विशेष लाभदायक हुने सप्लीमेन्टहरु रहेका छन् । एचएसबी कम्पनीले जापानको सम्बन्धित निकायबाट इजाजत लिई उत्पादन तथा विक्रिवितरण सुरु गरेको अध्यक्ष शेरचनले बताए ।
एचएसबी कम्पनीको नयाँ शो-रुमको अध्यक्ष शेरचन, एनआरएनए आइसीसी उपाध्यक्ष रोबिन शेरचन, कम्पनीका वरिष्ठ अधिकारीहरुले रिबन काटेर संयुक्तरुपमा शुभारम्भ गरेका थिए । एचएसबी कम्पनीको ‘किरा लाबो’ ब्राण्डका उत्पादनहरुको सशक्त ढंगले बजारीकरणका लागि जापानको बहुचर्चित कमर्सियल हब मानिने शिबुयामा राखेको छ। उक्त शुभारम्भ समारोहमा एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाली ब्यवसायी संघ जापान (NBA) का अध्यक्ष बिजय थकाली लगायत नेपाली, जापानी र भियतनामी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो