टोकियो । अन्तराष्ट्रीय नेपाली साहित्य समाज ९अनेसास० जापानको ७१ औँ नियमित साहित्य शृङ्खला टोकियोमा सम्पन्न भएको छ । आईतबार टोकियोमा ११५ औँ लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गरिएको एक विशेष साहित्यिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो ।
अनेसास जापानका अध्यक्ष अरुण पौडेलको अध्यक्षता तथा अनेसास केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कान्तिपुर दैनकका उपसम्पादक तथा साहित्यिक परिशिष्टाङ्क कोशेलीका सम्पादक दीपक सापकोटा, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बिशिष्ट आतिथिका रूपमा आमन्त्रित थिए।
संस्थाका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे लगायत संस्थाका आजीवन सदस्यहरू, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकारहरू तथा साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको
मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ। उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ।
म्युजिक भिडियोमा मनोज मौसम केसी,नेहा ठकुरी, सुदीप श्रेष्ठ,एनपी गैह्रे,गंगा महतारा लगायतको अभिनय रहेको छ। मिन थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन अनिल कुमार निर्दोषले गरेका छन्। टोकियोका बिभिन्न क्षेत्रलाई म्युजिक भिडियोमा कैद गरिएको छ। म्युजिक भिडियोलाई प्रवासी नेपाली अनलाइन टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
उक्त कार्यक्रममा रेणुका सोलुको तुइन जिन्दगी निबन्ध संग्रह, निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह निलाञ्जला, युवा कविहरू सुरज रानाको कविता संग्रह जब कविता निस्कन्छ जुलुसमा र प्रेम प्रकाशको रगतको तर्पण कविता संग्रहको जापान बिमोचन गरिएको थियो ।
कार्यक्रममै साहित्यिक पत्रकार दीपक सापकोटाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृतित्वमाथि चर्चा गर्दै ‘काव्यको आँखीझ्यालबाट देखिने समावेशी नेपाल समाज’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।
महाकवि लक्ष्मी प्रसाद देबकोटाको तस्बिरमा माल्यार्पण गर्दै आरम्भ गरिएको कार्यक्रममा संस्थाकी सहकोषाध्यक्ष सरिता चौधरीले स्वागत मन्तव्यबाट अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष शरद पोख्रेलले सार्वजनिक गरिएको म्युजिक भिडियो तथा लोकार्पण गरिएका पुस्तकहरूमाथि समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा दीपा घिमिरे, मञ्जु गिरी वन, अबिरल पाण्डे ,अमरदेव बास्तोला, समर प्रेम, गंगा गगन, दिलिप राई, मनोज मौसम केसी, शरद पोख्रेललगायतका श्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव अनिल कुमार निर्दोषले गरेका थिए।