बिहिबार, मङि्सर २०, २०८१

चलचित्र ह्रस्व दीर्घ जापानको २ दर्जन शहरमा प्रदर्शन हुने

दुर्गाप्रसाद आचार्य, जापान । नेपाली बहुचर्चित चलचित्र ह्रस्व दीर्घ जापानको मुख्य शहरमा प्रदर्शन हुने भएको छ।
चिवामा डिसेम्बर ८ तारीख सहित चलचित्र ह्रस्व दीर्घ जापानको मुख्य शहरमा प्रदर्शन हुने भएको हो ।

जापानको २ दर्जन बढ़ी सिटीमा प्रदर्शनको तयारी थालिएको ह्रस्व दीर्घको जापान राइटर बिटिकेएस इण्टरटेंटमेन्टका बिमल न्यौपानेले जानकारी दिए ।

बिटिकेएस इण्टरटेंटमेन्टका अनुसार जापानका चिबा सहित टोकियो, साइतामा, योकोहामा, कान्साई, ओकिनावा, फ़ुकुओका, होक्काइदो, निगाता, सेन्दाई, तोचिगी, गुन्मा, नारिता लगायतका मुख्य सिटीमा प्रदर्शन हुने बताएका छन।

चिवामा भने डिसेम्बर ८ तारिख अभिनेत्री तथा निर्माता निता ढुंगाना अधिकारी र हरिहर अधिकारी रेड कार्पेट शो गर्न लागिएको न्यौपानेले जानकारी दिए।