मङ्गलबार, कार्तिक १३, २०८१

सरकारको तर्फबाट एनआरएनएमा कुनै हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भन्नुभयो, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ उहाँले भन्नुभयो,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’ प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गर्नु भएको छ। उहाँले संसदबाट ऐन संसोधन गर्ने पर्ने बताउनुभयो। एनआरएनएलाई नेपालमा काम गर्नको लागि पूर्वधार तयार भैसकेको उहाँले बताउनुभयो।

कार्यक्रमको दोस्रो दिन भोलि २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।
यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *