टोकियो । व्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ (एनबिए) जापानमा विजेश थकालीको नेतृत्वमा कार्य समिति सर्वसम्मति चयन भएको छ ।
टोकियोमा मंगलवार आयोजित दोस्रो अधिवेशनबाट संस्थापक अध्यक्ष विजेश थकाली सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुन: चयन हुनुभएको हो ।
सन् २०१८ मा गठन भएको एनबिए जापानको आगामी ३ बर्षे कार्यकालको लागि भएको नयाँ नेतृत्व चयन सर्व सहमति चुनिएको निर्वाचन समिति संयोजक ओम गुरुङले जानकारी दिनुभयो।
यसैगरि संस्थाको वरिष्ठ उपाध्यक्षमा पुन: ददिवल खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको छ । महासचिवमा बाबुराम पौडेल चयन हुनुभएको छ । उपाध्यक्षहरुमा नरबहादुर थापा, बिपिन कंडेल, बाबुराम भण्डारी, तुलसीराम खरेल, शिवहरी पौडेल, श्रीभक्त गुरुङ, दिपक सुनार उपाध्यक्षमा चयन हुनुभएको छ ।
एनबिए जापानको सचिवहरु तेज बहादुर थिङ, बुद्धिराज घिमिरे, जनक सुवेदी र गणेशजंग रायमाझी सचिवमा सर्वसम्मत चुनिनुभएको छ भने कोषाध्यक्षमा मुक्तिराम रेग्मी चयन हुनुभएको छ । सहकोषाध्यक्षमा कर्साङ् तामाङ, बाबुराम खरेल चुनिनुभएको छ ।
सदस्यमा टिकाराम कँडेल, दिपेश खनाल, जिवन पाण्डेय, महेश कटुवाल, रामबहादुर खड्का, गिर बहादुर तामाङ, दिपेश खनाल, ईश्वर खड्का, दिनेश लोहनी र रामप्रसाद गैरे चयन हुनुभएको छ ।
जापानको सफल ब्यवसायी बिनोद शेरचनलाई नेपाली व्यवसायी संघ (एनबिए) को संरक्षकमा चयन गरेको छ ।