सोमबार, असोज २१, २०८१

‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’ को ग्रान्ड फिनाले आगामी असोज ६ गते

काठमाडौ।  ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’ को ग्रान्ड फिनाले असोज ६ गते हुने भएको छ । नवदुर्गा पार्टी भेन्यु सुकेधारा काठमाडौमा हुने ग्राण्ड फिनालेमा मन खुसी फाउन्डेसन, करण ड्रिम्स र दुप्चेश्वर म्युजिक प्रा.ली को आयोजना गरिएको हो ।

पहिलो संस्करणको अवार्डमा उत्कृष्ट पाँच नोमिनेशन सेप्टेम्बर ६, ७ र ८ आफ्नो अफिसियल पेजबाट सार्वजनिक गरेका हुन् । फिनालेमा बरिस्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, अभिनेता धिरेन शाक्य, चर्चित बुद्धि तामाङ, गायक एस कुमार, बरिस्ठ अन्तर्राष्ट्रिय समाजसेवी मिङमा दोर्जी शेर्पा, विश्वविख्यात मोडल तथा ग्लाईडिङ पाईलट आङ तेम्बा शेर्पा लगायतलाई स्रष्टा सम्मान गर्नेछ ।

कार्यक्रम अध्यक्ष दिनेश तामाङका अनुसार सयौं कलाकारहरु अवार्डको नोमिनेशनमा परेको बताए । यसैगरी, कार्यक्रम निर्देशक करण तामाङले नेपाली टेलिभिजन सिरेलबाट उत्कृष्ट कलाकार छनौटमा जुठे सिरेलबाट मरिचमान श्रेष्ठ बल्छी धुर्बे, गाह्रो छ हो बाट बेगम नेपाली भटभटे, बुहारीबाट रामचन्द्र बोहोरा, बुहारीबाटै प्रशाना कार्की, हर्केहल्दारबाट राजेन्द्र गीरी गुन्द्रुके रहेको बताए ।

नेपाली आधुनिक तथा पप गीत महिला गायीकाबाट पुर्णिामा लामा,अन्जना खतिवडा, मेचु धिमाल, पवित्रा गुरुङ र सुनिता लामा छनौटमा परेका हुन् । गीतका निर्देशकका रुपमा रेशम कुमार स्याउली तामाङ, उमेश कुमार कार्की, भिम बिस्ट, प्रविन थापा, एम बी गुरुङ देखिन्छ र गायकमा उर्गेन दोङ, सुरज पण्डित, मकर योञ्जन, दिपकराज विश्वकर्मा, विशाल योञ्जान रहेका छन्  । देउडा गीत गायिकामा सोभा थापा, दिया रोकाया, निरुशा खत्री, निशा रावल र गायक तथा मोडलमा गोर बहादुर कार्की, नरेन्द्र रावल, नेत्र रावल , पुष्पा कुँवर, झरना बोहोरा छनौटमा परेका हुन ।

यसैगरी तामाङ म्हेन्दोमाया गीत गायिकामा फूलमाया तामाङ, बिना घले, रिचा ब्लोन, निलम गुरुङ प्रेमा तामाङ र गायकहरुमा शैलाप वाईबा, विश्व पासा तामाङ, रमेश गोम्जा तामाङ, फुर्पा लामा, शिशिर थोकर रहेका छन् । नेपाली आधुनिक तथा पप गीत शब्द रचनामा डा।धर्मेन्द्र कुमार शाह, सुवानी तामाङ, किरण भुजेल, केदार उप्रेती, रिमा श्रेष्ठ उत्कृष्ट पाँचमा छानिएका हुन ।

तामाङ गीत गायीकाहरुमा पुजा तामाङ, लक्ष्मी स्याङ्तान, सुमिना लो तामाङ, निर्मला घिसिङ, अर्चना स्याङतान लामा र गायकहरुमा बैरागी मोक्तान, प्रकाश तितुङ, प्रविन्स मोक्तान, प्रकाश वाईबा, देवलाल मोक्तान रहेको छ । तामाङ गीत महिला मोडलहरुमा प्रतिज्ञा लामा (धनमाया लामा), सुस्मिता घलान तामाङ, सोनी गोले, रेस्मा दोङ तामाङ, सन्जना गुरुङ र तामाङ गीत नव गायिकाहरुमा सुनिता थोक्रा, कुमारी माया घलान, पार्वती तामाङ, लक्ष्मी घिसिङ, अरुणा लामा रहेको छ ।

तामाङ गीन नव मोडल महिला तर्फ इस्मी योञ्जान, उर्मिला तामाङ, रोजिना तामाङ, रिया लामा तामाङ, काली तामाङ र तामाङ चलचित्र महिला कलाकारहरुमा अनिता तामाङ नेगी, सिर्जना तामाङ, मनिका सिङ्तान, सावित्री गिरि, सुनिता दोङ छनौटमा परेका हुन । तामाङ सेलो गीत गायकमा जनक लामा, कुमार लामा, कृष्ण बहादुर तामाङ, श्याम योञ्जान, हरिलाल तामाङ र काठे तथा लोक दोहोरी गीत नव गायकमा जीवन लामा, रोजन तामाङ, छेवाङ लामा, बुद्ध सुवेदी, बिदुर खड्का रहेका छन् ।

यसैगरी काठे तथा लोक दोहोरी गीत नव गायिकामा सीता लामा, सर्मिला सत्याल, ललिता भुजेल, सुवानी स्याङतान, सविता तामाङ र तामाङ गीत नव गायक तथा शब्द रचनाकारमा सुबास ब्लोन, कृताधावा घिसिङ तामाङ, विशाल तामाङ, पासाङ तामाङ, रमेश तामाङ थोकर छनौटमा परेका हुन । यसैगरी प्रत्यक्ष दोहोरी गायिकामा सुशिला लामा, नविना सिलवाल खुईली, गीतु कुँवर, रिता गुरुङ र गायकहरुमा विकाश घिमिरे, दिल श्रेष्ठ, सरोज सुनार, डिल्ली मोक्तान रहेको छ । काठे लोक दोहोरी गायिकाहरुमा प्रतिमा अर्याल, अर्चना स्याङतान लामा, सावित्री गौतम, कोपिला वाईबा तामाङ, शुसिला लामा र गायकहरुमा बद्री प्रसाद सिटौला, भिमसेन श्रेष्ठ, भगवान कार्की रहेका छन् ।

नेपाली, तामाङ चलचित्र निर्देशक तथा नायकहरुमा भिम तामाङ, सुलेमान शंकर इक्कु, पुर्ण तामाङ, विनायक तामाङ र नव नायिका साथै कलाकारहरुमा अन्जीला वाईबा तामाङ, श्याममाया गुरुङ, संगीता तितुङ, इनदिरा वाईबा छनौटमा परेको देखिन्छ । आधुनिक तथा पप गीत महिला कलाकारहरुमा मन्जिरा लामा, राधिका भुसाल डंगोल, रिया लामा, सुस्मिता तामाङ रहेका छन् । यसैगरी लोक तथा दोरोरी गीत गायक गायिकाहरुमा प्रिती आले, रजनी लामा, सरिता थापा मगर, सावित्री केसी, जीभन परियार र लोक दोहोरी गीतमा मोडलहरुमा सरस्वती भारती गिरि, सरस्वती तामाङ, टेक बहादुर तामाङ, भिम बगाले, रविना पौड्याल रहेको छ ।

भाषाभाषी तथा चाडपर्वका गीतमा महिला पुरुष आरम्भ तामाङ, दुर ब्रेभ गुरुङ, दिपक तामाङ, आकृति हुमागाई, सरिता थापा मगर, उपेन्द्र खड्का, रोमा लामा, प्रमिला आले लगायतका कलाकारहरु छनौटमा परेको जानकारी गराएका छन् । तामाङ म्हेन्दोमाया तथा ह्योल्मो गीत महिला कलाकारहरुमा माया लामा थोकर, पाल्मो तामाङ, सुशिला तामाङ बुद्धमाया तामाङ मरिया, संजीता तामाङ रहेको छ । नेपाली सिरेल नव कलाकारहरुमा घन बहादुर कार्की हरि, मेख बहादुर गुरुङ, प्रताप मोक्तान, सुरेन्द्र खड्का, भुवन तामाङ र समाजसेवी उद्घोषणमा राकेश डंगोल, उमेर सिवाकोटी, इन्द्र बहादुर बिसुन्खे, सबिना केसी, शान्ति लामा छनौटमा परेका हुन ।