जापान । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ ।
टोकियो ड्रिम्स इन्टरटेनमेन्टले जापानको बिभिन्न ३ हलहरुमा चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन गर्ने तयारी गरिरहेको छ । चलचित्र यही अक्टोबर ५ तारिख शनिबारको दिन बेलुको ५ बजे शिनागावामा रहेको किनेका हलमा अक्टोबर ६ तारिख आइतबार बेलुको ६ बजे, ह्युम्याक्स शिनेमास हलमा र अक्टोबर ६ तारिखआइतबार, र आइतबारको दिननै खावागुचीमा रहेको स्किपसिटी हलमा प्रदशन हुने टोकियो ड्रिम्स इन्टरटेनमेन्टका धिरज अर्यालले जानकारी दिएको छ ।
टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले जापानमा फिल्म हेर्ने कल्चर शूरूवात गरेको र अब फेरि फिल्म भनेको फिल्म हलमा नै हेर्दा छुट्टै मनोरन्जन हुने भएकोले गुणस्तर सम्झौता नगरेको समेत बताए । आयोजकले चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टिकट खरिदगरी आफुलाइ पायक पर्ने हलमा गइ हेरेर साथ दिनको लागि जापानबासी सबै नेपालीहरुलाइ अनुरोध गरेको छ । नेपालमा गत असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको थियो ।
टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।