सोमबार, असोज २१, २०८१

प्रवासी नेपाली मञ्च जापान ओकिनावा क्षेत्रको दोस्रो अधिवेशन सम्पन्न

म्हेन्दो लामा, ओकिनावा । जापानको ओकिनावामा प्रवासी नेपाली मञ्च जापान ओकिनावा क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा एनआरएनए जापानका पुर्व अध्यक्ष ,प्लेन्टी नेपालका सञ्चालक , प्रवासी नेपाली मञ्च जापानका सल्हाकार  तथा ओकिनावा क्षेत्रिय समितिको नि. संयोजक ज्ञानु भट्टले प्रवासमा प्रवासि नेपालीहरूबिच एकता ,सद्भाव र आपसि समझदारी हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

त्यस्तै गरी प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले पार्टी र नेतृत्व र पार्टीको सिद्धान्त विचारहरूलाई कतिपनी विचलित नगराई लानुपर्ने बताउनु भएको छ । पार्टीले कसैको आस्था,विश्वास र भावना प्रति चोट नपुर्याउने बताउनु भएको छ । पार्टीको उदेश्य समृद्ध नेपाल बनाउने रहेको र संगठन मार्फत नै सबै मिलेर सुखी नेपाली समृद्ध नेपाल बन्न सक्ने कुरा बताउनु भएको छ । प्रवासमा बसेर पनि समृद्ध नेपाल बनाउनको लागि एकजुट हुन सबैलाई हौसला दिनुभएको छ ।

प्रवासी नेपाली मण्च जापान ईन्चार्ज सुरेश केसीले पार्टीमा मर्यादित ,संगठित र सामाजिक भएर पार्टीलाई अघि बढाउंदै नेपालिहरूमा एकता ल्याउनु पर्ने कुरामा जोड दिनुभएको छ । पार्टीको योगदान संख्यात्मक रूपले नभई गुणात्मक रूपमा हुने बताउनुभएको छ । प्रवासि नेपाली मञ्च जापानले जापानमा मात्र नभएर नेपालमा भएका बिभिन्न प्राकृतिक प्रकोपमा परेकाहरूलाई राहत सहयोग उपलब्ध गरेको बताउनु भएको छ ।

त्यसैगरी प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष बाबुराम भण्डारीले ओकिनावामा रहेको नेपालीहरू पीर मर्कामा नपर्ने गरि संस्थाले सहयोग गर्ने बताउनु भएको छ ।संस्थामा आवद्ध रहेका सबैले हरेक नेपालिहरूसंग हातेमालो गरेर अघि बढ्न प्रेरित गर्नु भएको छ । बिदेशमा परिवार भनेको संस्था हो र संस्थामा रहेर एक ढिक्का भएर अघि बढे मात्र सफलता प्राप्त गर्न सकिने बताउनुभएको छ ।संगठनमा विचार हुने र विचारले मान्छेलाई बलियो बनाउने कुरा बताउनु पनि बताउनु भएको छ ।

अधिवेशन प्रवासी नेपाली मण्च जापानका ईन्चार्ज सुरेश केसीको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मण्च जापान ओकिनावा क्षेत्रिय समिति संयोजक सुबास थापाको अध्यक्षतामा र्यातेई नाहाको हलमा सम्पन्न भएको हो ।

अधिवेशनले सुवास थापाको अध्यक्षतामा ११सदस्सीय समिति समेत आजै गठन गरेको छ । उपाध्यक्षमा दिपेश पौडेल, सचिव नविन बस्नेत , उपसचिवमा महेश खरेल र शुसिल अधिकारी सर्वसम्मतले मनोनित हुनुभएको छ । सदस्यहरूमा प्रशान्त सन्ज्याल,निरज थापा , हेमन्त शाही ,सुदिप श्रेष्ठ,बिनिसा बांनियां र प्रकाश केसी रहनुभएको छ ।