शुक्रबार, बैशाख ११, २०८३

हामीले ठुला भाषण गर्छौ तर जनताको जीवनस्तर उकास्न सकिएन : सांसद तीर्थ लामा

जापान । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तथा बागमति प्रदेशका सांसद, पूर्व खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले नेपाली जनताको जीवनस्तर उकास्न नसकिएको बताउनु भएको छ ।

टोकियोमा आईतबार नेपाली जनसम्पर्क समितिद्वारा आयोजित भेटघाट कार्यक्रम सभापति लामाले नेताहरुले जती समृद्धि र विकासको भाषण गरे पनी नेपाली जनताको जीवनस्तर उकास्न नसकिएको बताउनु भएको हो ।

दक्षिण कोरियाको भ्रमण सकेर जापान भ्रमणमा रहनु भएका लामाले युवाहरुलाई देश फर्कन अनुरोध गर्दै देश छोडेर पनी विदेशमा आएर व्यापार-ब्यवसायीमा नेपालीको प्रगति देख्दा खुसी भएको कुरा व्यक्त गर्नुभयो। नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित तीर्थ लामा र राम ध्वज लामाको भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुकुमान तामाङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, सफल ब्यवसायी ङीमा लामा, शिबहरि पौड़ेल, नेपाली जनसम्पर्क समिति जापान कान्तोका सभापति एकेन्द्र थापा, एनआरएनए सचिव दीपेश केसी लगाएतको उपस्थिति थियो ।
नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसीको सभापतित्वमा भएको कार्यक्रम महामन्त्री रेशम डंगोलले संचालन गरि राजेन्द्र जमरकट्टेलले स्वागत गर्नु भएको थियो ।