गत महिना नेपालको राजनीतिमा प्रचण्डको राजीनामापश्चात् ‘राजनीतिक संस्कार’ को बारेमा निकै चर्चा भयो । कतिपय उनका समर्थकले प्रचण्ड पुष्पकमल दाहालले राजनीतिक संस्कार देखाए भनेर प्रशंसा गरे । यो नेपालको लोकतान्त्रिक कालखण्डमा निकै नौलो पद्धतिको रूपमा प्रस्तुत गरियो । पत्रपत्रिकामा पनि यसबारे प्रशस्त समाचार बने । के हो त यो राजनीतिक संस्कार ? राजनीतिक संस्कार भनेका एक प्रधानमन्त्रीले घोषित सम्झौतापत्रमा भनिएबमोजिम पद त्याग गर्नु नै राजनीतिक संस्कार हो या यसका गहनतम राजनीतिक संस्कार बाहिर आएका छैनन् । पद प्राप्त गर्नु, समयमा छोड्नु र बचनवद्ध जस्तो देखिनु मात्र के राजनीतिक संस्कार हो त ? प्रश्न यतिबेला महत्वपूर्ण बन्नुपर्छ ।
राजनीतिक संस्कारबारे डुक विश्वविद्यालयका प्राध्यापकहरू डेविड एल पालेत्ज र डेनियल लिपिन्स्कीद्वारा संयुक्त रूपमा लेखिएको अनुसन्धानमूलक लेख पोलिटिकल कल्चर एन्ड पोलिटिकल कम्युनिकेसनमा लेखिएको छ, ‘राजनीतिक संस्कार र संस्कृति असल राजनीतिक परिणामको अनिवार्य सम्भाव्यता बोकेको आधारभूत विकाससहितको बृहत् हिस्सामा आधारित छ । यसले व्यक्ति र समाजले कसरी राजनीतिक रूपमा क्रिया र प्र्रतिक्रिया दिन्छ भन्ने कुरालाई पनि निश्चित आकार प्रदान गरेको हुन्छ । यसका अलावा राजनीतिक संस्कारमा नैतिकता र व्यक्तिगत र दलीय विश्वासले पहिले स्थान ओगटेको हुन्छन् न कि कुनै नागरिक, राष्ट्रभित्रको कुनै समाज र समग्र राष्ट्रलाई नै गम्भीर क्षति पुर्याउने मनोमानी हर्कत र कदमहरू नै खास राजनीतिक संस्कारभित्र नै पर्छन् ।’
राजनीतिक संस्कारबारे केही समकालीन नेपाली राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तिहरूको पनि आआफ्नै मत छ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी भन्नुहुन्छ, ‘राजनीतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा लैजाँदा अभ्यासमा आउने चरित्र हो । तर दुर्भाग्य हाम्रो देशमा राजनीतिक संस्कार परिस्कृत हुन सकेको छैन । त्यो हामीले अनुभूत गर्न, हेर्न र देख्न सकेका छैनौं ।’
सोही विषयमा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ विषयमा डा. शम्भुराम सिम्खडाको पनि आफ्नै मत छ । उहाँ भन्नुहुन्छ, ‘राजनीतिक व्यवस्थाको परिवर्तन निर्दलीयताबाट बहुदलीयतामा फड्को मारे पनि राजनीतिक कर्ताहरूको संस्कारमा परिवर्तन आएन । कांग्रेस प्रजातन्त्रको अहंतावादमा अल्मलियो, वामपन्थीहरू पनि परिष्कृत भएर आउन सकेनन्, प्रजातान्त्रिक राजनीतिमा गन्तव्य महत्वपूर्ण हुन्छ, संस्कारले मार्गप्रशस्त गर्छ । त्यसैले बाटो ठीक हुनुपर्छ ।’ डा. सिम्खडा र डा. केसीको माथिको भनाइ राजनीतिशास्त्रमा राजनीतिक संस्कारलाई एउटा महत्वपूर्ण विधाका रूपमा लिइन्छ भन्ने कुरासँग नजिक देखिन्छ । अझ भन्ने हो भने राजनीतिक समाजशास्त्रका धेरै आयामहरूमध्ये राजनीतिक संस्कृति एउटा बलियो पक्ष हो । खासगरी राजनीतिक संस्कारले हामीसँग रहेका आस्था, धारणा, मूल्य, मान्यतालाई मूल्यांकन, बहस र परिष्कृत गर्ने प्रयास गर्दछ । स्वभाविक छ समाजको बनावट, ढाँचा, समाजको किसिम जस्तै परम्परागत वा आधुनिक जुन समाज हो, त्यसको सामाजिक गतिशीलता, विकास जस्ता विविध कुराले राजनीतिक संस्कृतिलाई प्रभाव पार्छ ।
संस्कारभित्र आपसको आदरभाव, सम्मान, मूल्य, मान्यता नै प्रमुख हुन् । राजनीतिक संस्कार प्रस्तुत गर्न हामी कति प्रजातान्त्रिक छौं ? हामी कति उदार छौं, हामी कति सत्य स्विकार्न सक्छौं ? हामी कति अरूको विचारलाई सम्मान गर्न सक्छौं, अरूलाई स्थान दिन सक्छौं र हातेमालो गरेर सम्पूर्ण राजनीतिक प्रक्रियालाई समुन्नत, सुसंस्कृत, मूल्यमा आधारित बनाउन सक्छौं भन्नेमा निर्धारण हुन्छ । जब राजनीतिक संस्कारको विकास हुन्छ, त्यतिबेला मात्र राजनीतिक पार्टीहरूको महत्व, अस्तित्व र अपरिहार्यतालाई अझ बढी स्वीकार गरिन्छ ।
नेपालमा लोकतन्त्रको स्थापनासँगै निषेधको राजनीतिले केही स्थान लियो, जुन हरेक पार्टीका विरुद्ध पार्टी, नेताका विरुद्ध नेता, हिंसाका विरुद्ध प्रतिहिंसा प्रशस्त भए । राजनीतिक संस्कारको अभावकै कारण २०५२ सालमा तत्कालीन जनमोर्चाद्वारा राखिएका मागको अवमूल्यन गर्दा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वको कालमा माओवादी जनयुद्ध वा हिंसात्मक आन्दोलनको सुरुआत भएको थियो । राजनीतिक संस्कारको पूर्ण विकास भइसकेको अवस्था भएको भए सायद त्यसका मागहरूका बारेमा यथेष्ट छलफल, संवाद, वार्ताको माध्यमबाट सुल्झाउन पनि सकिन्थ्यो होला । त्यसपश्चात्का राजनीतिक संस्कार गुमाएकै कारण मधेसवादी दलहरू र अन्य राजनीतिक पार्टीहरूका बीचमा देखिने मतभिन्नता, वैमनस्य पनि राजनीतिक संस्कारकै अभाव हो भन्न सकिन्छ ।
लोकतन्त्रको संस्थागत विकासको लागि राजनीतिक संस्कार एक आधारशिला हो । राजनीतिक संस्कार राजनीतिका कर्ताहरूको लागि हरेक पाइलामा हुनुपर्छ । राजनीतिक पार्टीभित्रको राजनीतिक संस्कार नै बाहिर देखिने संस्कार हो । त्यसैले पार्टीभित्र हामीले कस्तो संस्कार, संस्कृति र मान्यता स्थापित गर्ने प्रयास गरेका छौं, त्यो महत्वपूर्ण हुने गर्दछ । त्यसैले आन्तरिक लोकतन्त्र नै संस्कारगत राजनीतिमा प्रभाव पार्ने तत्व हो । लोकतन्त्रका आधारभूत मान्यतामध्ये निर्वाचन पनि एक हो । निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, जित-हार हुन्छ ।
जबसम्म यसलाई सहजतापूर्वक जनताको मतलाई सम्मान गर्ने संस्कार हामीसँग हुँदैन तबसम्म कुर्चीको आदानप्रदानमा हुने सहजता मात्र राजनीतिक संस्कार हुन सक्दैन । पद आवश्यकताले लामो वा छोटो समयको लागि पनि हुन सक्छ । एकातर्फ आफ्नो पार्टीका कार्यकर्ताले मतपत्र च्यात्ने, उता कुर्सीको हस्तान्तरण राजनीतिक संस्कार हुन सक्ला र ?
उच्च राजनीतिक संस्कारको लागि राजनीतिक शिक्षाको आवश्यकता पर्दछ । राजनीतिक शिक्षाविना सडकमा प्रदर्शन, जंगलको राजनीति, हिंसात्मक राजनीतिले संस्कारको विकास गर्न सक्दैन । समग्रतामा राजनीतिक संस्कारको परिणाम, जनता र देशको लागि भलो हुनुपर्यो । राजनीतिमा विवाद, बहस, छलफल, संवाद सामान्य कुरा हुन् । तर यी कुरा विधिसम्मत तरिकाले, एकअर्काको आत्मसम्मानको ख्याल गर्दै गरिएको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहन्छ । दुई पक्षबीचको असहमति भनेको असहमतिका विषय मात्र हुनु एउटा विषयमा फरक मत हुँदा सम्पूर्ण विषयमा असहमति भन्ने हुँदैन । यो कुरा बुभ्mनु जरुरी छ । त्यसैले हाम्रो मानसिकतालाई फराकिलो बनाएर हेर्न सकियो भने हामी सबैको अस्तित्व स्विकार्न सक्छौं ।
नेपालमा राजनीतिक संस्कारको विकास नै भएको छैन भन्ने होइन । मुलुकमा उत्पन्न ठूला राजनीतिक समस्यालाई संस्कारयुक्त माध्यमबाट समाधान गर्ने प्रयास पनि भएका छन् । राजनीतिक दलहरू, यिनका कार्यकर्ताहरूको संस्कार केही रूपमा देखिए पनि मूल रूपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कारले आम रूपमा बल्झाउने कुसंस्कारयुक्त राजनीतिले पनि नेपाली समाज आक्रान्त बनेकै छ । कतिपय बेलामा आत्मसंयम गुमाएको अवस्थामा संस्कारलाई भुल्छौं र एउटा गलत दिशातर्फ मोडिन पुग्छौं ।
नेपाली समाजलाई राजनीतिक रंगबाट अलग गराएर हेर्ने हो भने अत्यन्त संस्कारयुक्त समाज हो । यहाँ नेपाली समाजको संस्कारको बारेमा विश्वभरि चर्चा छ । यसका धेरै राम्रा पक्षहरू छन् । संस्कारले नै संस्कृतिको जन्म दिन्छ । जब संस्कृति समाजको जीवनशैली बन्छ तब मात्र त्यो समाजको संस्कार झल्किन्छ । त्यो समाजको संस्कारको प्रस्ट चित्र कोर्न सकिन्छ । जब राजनीतिक पार्टीका संस्कारको चर्चा गर्दा फेरि पनि हामीले संस्कार निर्माण गर्दै संस्कृति बनाउने अभियनमा लाग्नुपर्ने देखिन्छ । राजनीतिकर्मी बन्नु भनेको संस्कारलाई परिस्कृत बनाउने कुरामा योगदान दिने पनि हो भन्ने भुल्नु हुँदैन ।
गत महिना नेपालको राजनीतिमा प्रचण्डको राजीनामापश्चात् ‘राजनीतिक संस्कार’ को बारेमा निकै चर्चा भयो । कतिपय उनका समर्थकले प्रचण्ड पुष्पकमल दाहालले राजनीतिक संस्कार देखाए भनेर प्रशंसा गरे । यो नेपालको लोकतान्त्रिक कालखण्डमा निकै नौलो पद्धतिको रूपमा प्रस्तुत गरियो । पत्रपत्रिकामा पनि यसबारे प्रशस्त समाचार बने । के हो त यो राजनीतिक संस्कार ? राजनीतिक संस्कार भनेका एक प्रधानमन्त्रीले घोषित सम्झौतापत्रमा भनिएबमोजिम पद त्याग गर्नु नै राजनीतिक संस्कार हो या यसका गहनतम राजनीतिक संस्कार बाहिर आएका छैनन् । पद प्राप्त गर्नु, समयमा छोड्नु र बचनवद्ध जस्तो देखिनु मात्र के राजनीतिक संस्कार हो त ? प्रश्न यतिबेला महत्वपूर्ण बन्नुपर्छ । राजनीतिक संस्कारबारे डुक विश्वविद्यालयका प्राध्यापकहरू डेविड एल पालेत्ज र डेनियल लिपिन्स्कीद्वारा संयुक्त रूपमा लेखिएको अनुसन्धानमूलक लेख पोलिटिकल कल्चर एन्ड पोलिटिकल कम्युनिकेसनमा लेखिएको छ, ‘राजनीतिक संस्कार र संस्कृति असल राजनीतिक परिणामको अनिवार्य सम्भाव्यता बोकेको आधारभूत विकाससहितको बृहत् हिस्सामा आधारित छ । यसले व्यक्ति र समाजले कसरी राजनीतिक रूपमा क्रिया र प्र्रतिक्रिया दिन्छ भन्ने कुरालाई पनि निश्चित आकार प्रदान गरेको हुन्छ । यसका अलावा राजनीतिक संस्कारमा नैतिकता र व्यक्तिगत र दलीय विश्वासले पहिले स्थान ओगटेको हुन्छन् न कि कुनै नागरिक, राष्ट्रभित्रको कुनै समाज र समग्र राष्ट्रलाई नै गम्भीर क्षति पुर्याउने मनोमानी हर्कत र कदमहरू नै खास राजनीतिक संस्कारभित्र नै पर्छन् ।’ राजनीतिक संस्कारबारे केही समकालीन नेपाली राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तिहरूको पनि आआफ्नै मत छ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी भन्नुहुन्छ, ‘राजनीतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा लैजाँदा अभ्यासमा आउने चरित्र हो । तर दुर्भाग्य हाम्रो देशमा राजनीतिक संस्कार परिस्कृत हुन सकेको छैन । त्यो हामीले अनुभूत गर्न, हेर्न र देख्न सकेका छैनौं ।’ सोही विषयमा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ विषयमा डा. शम्भुराम सिम्खडाको पनि आफ्नै मत छ । उहाँ भन्नुहुन्छ, ‘राजनीतिक व्यवस्थाको परिवर्तन निर्दलीयताबाट बहुदलीयतामा फड्को मारे पनि राजनीतिक कर्ताहरूको संस्कारमा परिवर्तन आएन । कांग्रेस प्रजातन्त्रको अहंतावादमा अल्मलियो, वामपन्थीहरू पनि परिष्कृत भएर आउन सकेनन्, प्रजातान्त्रिक राजनीतिमा गन्तव्य महत्वपूर्ण हुन्छ, संस्कारले मार्गप्रशस्त गर्छ । त्यसैले बाटो ठीक हुनुपर्छ ।’ राजनीतिक दलहरू, यिनका कार्यकर्ताहरूको संस्कार केही रूपमा देखिए पनि मूल रूपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कारले आम रूपमा बल्झाउने कुसंस्कारयुक्त राजनीतिले पनि नेपाली समाज आक्रान्त बनेकै छ । डा. सिम्खडा र डा. केसीको माथिको भनाइ राजनीतिशास्त्रमा राजनीतिक संस्कारलाई एउटा महत्वपूर्ण विधाका रूपमा लिइन्छ भन्ने कुरासँग नजिक देखिन्छ । अझ भन्ने हो भने राजनीतिक समाजशास्त्रका धेरै आयामहरूमध्ये राजनीतिक संस्कृति एउटा बलियो पक्ष हो । खासगरी राजनीतिक संस्कारले हामीसँग रहेका आस्था, धारणा, मूल्य, मान्यतालाई मूल्यांकन, बहस र परिष्कृत गर्ने प्रयास गर्दछ । स्वभाविक छ समाजको बनावट, ढाँचा, समाजको किसिम जस्तै परम्परागत वा आधुनिक जुन समाज हो, त्यसको सामाजिक गतिशीलता, विकास जस्ता विविध कुराले राजनीतिक संस्कृतिलाई प्रभाव पार्छ । संस्कारभित्र आपसको आदरभाव, सम्मान, मूल्य, मान्यता नै प्रमुख हुन् । राजनीतिक संस्कार प्रस्तुत गर्न हामी कति प्रजातान्त्रिक छौं ? हामी कति उदार छौं, हामी कति सत्य स्विकार्न सक्छौं ? हामी कति अरूको विचारलाई सम्मान गर्न सक्छौं, अरूलाई स्थान दिन सक्छौं र हातेमालो गरेर सम्पूर्ण राजनीतिक प्रक्रियालाई समुन्नत, सुसंस्कृत, मूल्यमा आधारित बनाउन सक्छौं भन्नेमा निर्धारण हुन्छ । जब राजनीतिक संस्कारको विकास हुन्छ, त्यतिबेला मात्र राजनीतिक पार्टीहरूको महत्व, अस्तित्व र अपरिहार्यतालाई अझ बढी स्वीकार गरिन्छ । नेपालमा लोकतन्त्रको स्थापनासँगै निषेधको राजनीतिले केही स्थान लियो, जुन हरेक पार्टीका विरुद्ध पार्टी, नेताका विरुद्ध नेता, हिंसाका विरुद्ध प्रतिहिंसा प्रशस्त भए । राजनीतिक संस्कारको अभावकै कारण २०५२ सालमा तत्कालीन जनमोर्चाद्वारा राखिएका मागको अवमूल्यन गर्दा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वको कालमा माओवादी जनयुद्ध वा हिंसात्मक आन्दोलनको सुरुआत भएको थियो । राजनीतिक संस्कारको पूर्ण विकास भइसकेको अवस्था भएको भए सायद त्यसका मागहरूका बारेमा यथेष्ट छलफल, संवाद, वार्ताको माध्यमबाट सुल्झाउन पनि सकिन्थ्यो होला । त्यसपश्चात्का राजनीतिक संस्कार गुमाएकै कारण मधेसवादी दलहरू र अन्य राजनीतिक पार्टीहरूका बीचमा देखिने मतभिन्नता, वैमनस्य पनि राजनीतिक संस्कारकै अभाव हो भन्न सकिन्छ । लोकतन्त्रको संस्थागत विकासको लागि राजनीतिक संस्कार एक आधारशिला हो । राजनीतिक संस्कार राजनीतिका कर्ताहरूको लागि हरेक पाइलामा हुनुपर्छ । राजनीतिक पार्टीभित्रको राजनीतिक संस्कार नै बाहिर देखिने संस्कार हो । त्यसैले पार्टीभित्र हामीले कस्तो संस्कार, संस्कृति र मान्यता स्थापित गर्ने प्रयास गरेका छौं, त्यो महत्वपूर्ण हुने गर्दछ । त्यसैले आन्तरिक लोकतन्त्र नै संस्कारगत राजनीतिमा प्रभाव पार्ने तत्व हो । लोकतन्त्रका आधारभूत मान्यतामध्ये निर्वाचन पनि एक हो । निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, जित-हार हुन्छ । जबसम्म यसलाई सहजतापूर्वक जनताको मतलाई सम्मान गर्ने संस्कार हामीसँग हुँदैन तबसम्म कुर्चीको आदानप्रदानमा हुने सहजता मात्र राजनीतिक संस्कार हुन सक्दैन । पद आवश्यकताले लामो वा छोटो समयको लागि पनि हुन सक्छ । एकातर्फ आफ्नो पार्टीका कार्यकर्ताले मतपत्र च्यात्ने, उता कुर्सीको हस्तान्तरण राजनीतिक संस्कार हुन सक्ला र ? उच्च राजनीतिक संस्कारको लागि राजनीतिक शिक्षाको आवश्यकता पर्दछ । राजनीतिक शिक्षाविना सडकमा प्रदर्शन, जंगलको राजनीति, हिंसात्मक राजनीतिले संस्कारको विकास गर्न सक्दैन । समग्रतामा राजनीतिक संस्कारको परिणाम, जनता र देशको लागि भलो हुनुपर्यो । राजनीतिमा विवाद, बहस, छलफल, संवाद सामान्य कुरा हुन् । तर यी कुरा विधिसम्मत तरिकाले, एकअर्काको आत्मसम्मानको ख्याल गर्दै गरिएको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहन्छ । दुई पक्षबीचको असहमति भनेको असहमतिका विषय मात्र हुनु एउटा विषयमा फरक मत हुँदा सम्पूर्ण विषयमा असहमति भन्ने हुँदैन । यो कुरा बुभ्mनु जरुरी छ । त्यसैले हाम्रो मानसिकतालाई फराकिलो बनाएर हेर्न सकियो भने हामी सबैको अस्तित्व स्विकार्न सक्छौं । नेपालमा राजनीतिक संस्कारको विकास नै भएको छैन भन्ने होइन । मुलुकमा उत्पन्न ठूला राजनीतिक समस्यालाई संस्कारयुक्त माध्यमबाट समाधान गर्ने प्रयास पनि भएका छन् । राजनीतिक दलहरू, यिनका कार्यकर्ताहरूको संस्कार केही रूपमा देखिए पनि मूल रूपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कारले आम रूपमा बल्झाउने कुसंस्कारयुक्त राजनीतिले पनि नेपाली समाज आक्रान्त बनेकै छ । कतिपय बेलामा आत्मसंयम गुमाएको अवस्थामा संस्कारलाई भुल्छौं र एउटा गलत दिशातर्फ मोडिन पुग्छौं । नेपाली समाजलाई राजनीतिक रंगबाट अलग गराएर हेर्ने हो भने अत्यन्त संस्कारयुक्त समाज हो । यहाँ नेपाली समाजको संस्कारको बारेमा विश्वभरि चर्चा छ । यसका धेरै राम्रा पक्षहरू छन् । संस्कारले नै संस्कृतिको जन्म दिन्छ । जब संस्कृति समाजको जीवनशैली बन्छ तब मात्र त्यो समाजको संस्कार झल्किन्छ । त्यो समाजको संस्कारको प्रस्ट चित्र कोर्न सकिन्छ । जब राजनीतिक पार्टीका संस्कारको चर्चा गर्दा फेरि पनि हामीले संस्कार निर्माण गर्दै संस्कृति बनाउने अभियनमा लाग्नुपर्ने देखिन्छ । राजनीतिकर्मी बन्नु भनेको संस्कारलाई परिस्कृत बनाउने कुरामा योगदान दिने पनि हो भन्ने भुल्नु हुँदैन ।@annapurna