काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारेमा सदनलाई जानकारी गराउन माग गरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’
टी २० विश्वकप खेल्न जानको लागि सन्दीपले दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।