मङ्गलबार, चैत ११, २०८१

ठमेलबाट अनैतिक क्रियाकलाप गरेको अभियोगमा ९ विदेशीसहित १५ महिला पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा ९ जना विदेशी र ६ जना नेपाली युवती छन्। उनीहरूले ठमेलस्थित सडकमा रातको समयमा बसेर विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अभद्र व्यवहारको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।