काठमाडौं । आगामी जेष्ठ १९ गते शनिबार काठमाडौंको शङ्ख पार्कमा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना हुने भएको छ ।
नयाँ पाईला समाज नेपालको आयाेजनामा शनिवार स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । शिविरमा निःशुल्क मधुमेह जाँच, निःशुल्क आँखा शिविर, निःशुल्क दन्त शिविरका लागि विशेषज्ञ डाक्टरहरूकाे उपस्थिति रहने समाजसेवी एवं पत्रकार राजन थापाले जानकारी दिए । साथै, बृहत् खुल्ला रक्तदान कार्यक्रम समेत रहेकाे उनी बताउँछन् ।
समाजसेवी थापाका अनुसार संस्थाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि शिविर आयोजना गरेको हो। स्वास्थ्य शिविरमा दक्ष डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै सामान्य औषधि उपचारको समेत निशुल्क रुपमा सेवा प्रवाह हुने जनाइएको छ।
बिहान ७ बजेर ३० मिनेटदेखि सुरू भएको शिविर दिउँसो २ बजे सम्म सञ्चालन हुने बताइएको छ। उक्त शिविरमा सहभागी भई स्वास्थ लाभ लिन सबैमा आग्रह गरिएकाे छ ।