मङ्गलबार, साउन ०१, २०८१

प्रवासी नेपाली मञ्च जापान गुन्माद्वारा संगठित सदस्यलाई प्रशिक्षण कार्यक्रम

जापान । प्रवासी नेपाली मञ्च जापान गुन्मा कमिटीको आयोजनामा संगठनका नयाँ संगठित सदस्यहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गुन्मा केन ओईजुमिमा सम्पन्न भएको छ।

४५ जनाको सहभागि उक्त कार्यक्रममा गुन्मा क्षेत्रीय कमिटीका अध्यक्ष नसिर मियाँले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथी मञ्चका अन्तराष्ट्रिय कमिटि सदस्य तथा जापान ईन्चार्ज सुरेश केसी रहनु भएको उक्त कार्यक्रममा प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, मंचका उपाध्यक्ष वावुराम भण्डारी, नेपालस्थित भोजपुर एमाले पार्टी जिल्ला कमिटि निवर्तमान सदस्य योगेन्द्र खत्री विशिष्ट अतिथि, मंचका गुन्मा ईन्चार्ज वुद्वि राज लामा, राष्ट्रिय कमिटि विभाग सदस्यहरू अतिथि रहेका थिए।
कार्यक्रममा ३७ जना नयाँ संगठित सदस्यहरूले सपथ लिनु भएको थियो भने नेपाली कांग्रेश परित्याग गरि स्याङजा चापाकोटका राम बहादुर विक मंचमा प्रवेश गर्नु भएको छ।

उक्त सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सुरेश केसी लगाएतले संगठनको वारेमा नयाँ संगठित सदस्यहरूलाई प्रशिक्षण दिनु भएको थियो भने गुन्मा कमिटिका ईन्चार्ज वुद्विराज लामावाट गुन्मा केनमा संगठनको अवस्थाको वारेमा वोल्नु भएको थियो।