मङ्गलबार, जेठ १२, २०८३

गुरुङ समाज जापानको प्रथम अधिवेशनको तयारी पुरा, नेपालबाट अध्यक्ष रेशम गुरुङ आउने

जापान । गुरुङ समाज जापानको प्रथम अधिवेशनको तयारी पुरा भएको छ। यहि मे १२ तारिख टोकियोमा आयोजना हुने गुरुङ समाज जापानको प्रथम अधिवेशनको तयारी पुरा भएको हो।

जापानवासी तमाम् गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गईरहेको संस्था गुरुङ समाज जापानको “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ जापानवासी सम्पुर्ण गुरूङहरूको एकता र समृद्धिको निम्ति प्रथम ऐतिहासिक अधिवेशन २०२४ सभ्य, भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको गुरुङ समाज जापानका संयोजक युवराज गुरुङले जानकारी दिनुभयो।

प्रथम अधिवेशन मूल आयोजक समितिले जनाए अनुसार,अधिवेशन मे १२ तारिख बिहान ११ बजे,टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजना गरिनेछ।
नेपालका आदिवासी जनजाति गुरुङहरु अहिले विश्वभर छरिएर रहेका अवस्थामा छन् ।आफ्नो पैतृक थलो नेपालबाट विभिन्न पेशा व्यवसायको क्रममा जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिव्रिद्धी गर्न र उनिहरुको “प्ये ताँ ल्हु ताँ”मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र सन्बर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न गुरुङ समाज जापानको प्रथम अधिवेशनमा नेपालबाट तमुहरुको आधिकारिक संस्था तमु ह्युल छोंज धींका केन्द्रीय निवर्तमान अध्यक्ष तथा संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङ प्रमुख अतिथि र उपमहासचिव मनोज गुरुङ विशेष अतिथिको रूपमा जापान आउने सचिव मोती गुरुङले जानकारी दिनुभयो।