सोमबार, बैशाख ०७, २०८३

शारदा मावि पूर्वविद्यार्थी समाज रामेछापले वनभोज तथा पूर्नमिलन कार्यक्रम गर्दै

भक्तपुर । रामेछापको मन्थलीस्थित ११ र १२ वडाको बीच गेलूमा रहेको श्री शारदा मावि मा प्रत्यक्ष र अप्रत्यक्ष शिक्षा लिएका पूर्वविद्यार्थी र दिएका गुरुहरु एउटै थलोमा जमघट गराउने उद्देश्यले आगामी चैत्र २४ गते शनिबार बनभोज तथा पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।
‘म बनाउछु मेरो विद्यालय’ नारा लिएर पहिलो पटक विद्यार्थी र शिक्षकहरु बीच पुर्नमिलन गर्ने उद्देश्यले वनभोज आयोजना गरिएको हो ।
विद्यालय स्थापनादेखी वर्तमानसम्म सम्पूर्णको भेटघाट र अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन गर्ने कार्यक्रममा हालसम्म २२६ जना आउने फिक्स भएको शारदा मावि पूर्वविद्यार्थी समाजका अध्यक्ष श्यामकाजी खत्रीले जानकारी दिदै उपस्थितिका लागि सम्पूर्णलाई अनुरोध गरेका छन ।