बिहिबार, फागुन ०१, २०८१

स्वास्थ शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न,८ सयबढी लाभान्वित,३८ जनाले गरे रक्तदान

काठमाडौं । राजधानीकाे चप्पल कारखानास्थित शंखपार्कमा लायन्स क्लव अफ काठमाडौँ टेम्पल गणेश, लायन्स क्लब अफ काठमाडौं समयक , लायन्स क्लब अफ काठमाडौं कैलाशभुमि र लायन्स क्लब अफ काठमाडौं सारथीको संयुक्त आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे छ।

शनिबार सम्पन्न शिविरमा आँखा, मधुमेह तथा दन्त परिक्षणका साथै रक्तदान कार्यक्रम गरिएको थियाे । जिल्लाकाे  प्रथम VDG(elect) लायन्स पार्वती खरेल पाण्डेकाे प्रमुख आतिथ्यतामम संचालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ॐ समाज डेन्टल हस्पिटलकाे प्राबिधिक सहयाेगमा २६४ जनाकाे दन्त परिक्षण, नेपाल नेत्र ज्याेति संघ किर्तिपुरकाे सहयाेगमा २६५ काे आँखा जाँच गरि आवश्यक ७० जनालाई नि:शुल्क चस्मा समेत वितरण गरिएको थियाे ।

यसैगरी, ग्राण्डि ईन्टरनेसनल अस्पताल टाेखा र टि.यू टिचिङ अस्पताल महाराजगन्जकाे प्राबिधिक सहयोगमा २८५ जनाले मधुमेह परीक्षण गराई लाभान्वित भएका थिए भने रक्तदान कार्यक्रममा ३८ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

विभिन्न संघ संस्थाहरूले रक्तदान तथा स्वास्थ शिविर छुट्टाछुट्टै गर्दै आएकाे आफुहरूले भने एकैपटक धेरै रोगको चेकजाँच र उपचारका साथै रक्तदान कार्यक्रम पनि राखिएको पत्रकार एवं समाजसेवी राजन थापाले जानकारी दिए । आँखा, दात र जनरल फिजिसियन रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वस्थ्य शिविर सञ्चालन गरिएकाले धेरै बिरामी लाभान्वित भएको उनकाे अनुभव छ । यस्तै, व्यवसायी शिवदेव पाण्डेले भने ५३ औं पटक रक्तदान गरेका थिए ।

साथै उक्त कार्यक्रमकाबिच  लायन्स क्लव अफ काठमाडौँ टेम्पल गणेशले नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं बालकुमारी सांङ्ला घाेषणा  समेत गरेको थियाे । कार्यक्रममा GST Co-ordinator लायन जनार्दन फुयाल , District Co-ordinatir लायन बिना थापा, District Advisor Chief लायन अनिता थापा बिष्ट लगायत चारवटै क्लबको अध्यक्षहरु एवं बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

यसैगरी, लायन्स क्लव अफ काठमाडौँ टेम्पल गणेशकी अध्यक्ष लायन अप्सरा आचार्यले शिविर संचालनका लागि सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्।