टोकियो । नेकपा (एमाले) की सचिव तथा पूर्व कृषी, भूमी सुधार मन्त्री पद्यमा अर्यालले जापानमा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा समाज जापानवीच टोकियोमा भेटघाट तथा अन्तरक्रिया भएको छ ।
पारिवारिक जापान भ्रमणमा रहनु भएकी नेता अर्यालसंग गृह जिल्लाको विकास र स्याङ्जामा विदेशी लगानी सम्भावना र चुनौतीका विषयहरुमा छलफल सहित जापानवासी स्यांजालीहरुको समस्या सुनाएको थिए । समाजका अध्यक्ष चित्र गुरुङले पुष्प गुच्छा दिएर जापानमा स्वागत, सहभागीहरुले खादा लगाई जापानमा स्वागत गरेका थिए ।
अन्तरक्रिया नेपालको वर्तमान राजनीतिक अवस्था, संवृद्ध नेपाल लगाएत विविध विषयहरुमा छलफल भएको थियो ।
समाजका तर्फबाट अध्यक्ष, संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, संरक्षक सल्लहकारहरु, कार्यसमिति पदाधीकारीहरु र जापानमा रहेका स्याङ्जाली व्यवसायीहरुको सहभागी रहेको थियो ।
टोकियोको निप्पोरीस्थित सम्राट रेष्टुरेण्टमा भएको कार्यक्रमले छिट्टै नै स्याङ्जाली राजनितिज्ञहरु, विभिन्न क्षेत्रका विज्ञहरुसँग स्याङ्जाको उन्नति र संवृद्धीको लागि समाजले छिट्टै भर्चुअल माध्यमबाट छलफल र अन्तरक्रिय गर्ने रोडम्याप तय भएको समाजका महासचिव सागर न्यौपानेले वताए ।
नेता अर्यालसंग जापानको गुन्मा केनमा प्रवासी नेपाली मंच जापान गुन्माले समेत अन्तरक्रिया गरेको थियो भने मार्च ३ तारीख़ कामतामा प्रवासी नेपाली मंच जापानको जापानवासीसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

