जापान । धादिङ समाज जापानले जिल्लाको सडक सुरक्षा सुधारका लागि करिब २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
समाजका महासचिव बिजय सडौलाले बताए अनुसार, २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्री जिल्ला ट्राफिक कार्यालय गजुरी शाखाका ट्राफिक ईन्चार्ज प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठ तथा प्रहरी साहयक निरिक्षक दुर्गा प्रसाद गौतमलाई समाजका संरक्षक कृष्ण खनाल, समाजका सल्लाहकार तेजाव अर्याल र धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कण्डेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार यो पहिलाको कार्यसमितिले नै तय गरेको कार्यक्रम हो,तर त्यतिखेर पुरा गर्न नसकिएकाले,यसलाई हामिले अहिलेको कार्यसमितिले समपन्न सफल गरिएको हो ।