काठमाडौं । पढ्न प्रेरित गर्न र पठन संस्कृतिको विकास गर्ने उदेश्यका साथ सुचक प्रकाशनले तारकेश्वरमा केदारनाथनाथ लीलादेवी पुस्तकालय स्थापना गरेकाे छ ।
आगामी माघ २७ गते शनिवार तारकेश्वर नगरपालिका ०६ स्थीत धर्मस्थलीमा केदारनाथ लीलादेवी पुस्तकालय समुद्घाटन गरिने सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले जानकारी दिए ।
यस्तै, उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शैक्षिक अभियन्ता तीर्थप्रसाद ढकाललाई केदारनाथ शिक्षा पुरस्कार र कवि दिलकुमारी डङ्गोललाई लीलादेवी साहित्य पुरस्कार प्रदान गरिने अध्यक्ष भेटुवाल बताउँछन् ।
सुचक प्रकाशनले यसअघि प्रकाशन, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र वितरणको काम गरिरहेको थियाे ।

