जापान । तीन महिनाको जापान भ्रमणमा आएका एक नेपाली दम्पतीको कारको ठक्करबाट मृत्यु भएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उहाँकी श्रीमती लालसरी विष्टको शनिवार साँझ जापानको ओकिनावास्थित जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला कारले ठक्कर दिँदा मृत्यु भएको हो । कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको मृतकका भतिजा कुशल कठायतले जानकारी दिनुभयो ।
कार चालक ८१ वर्षीय एक वृद्धालाई जापान स्थित उरासो प्रहरीले पक्राउ गरेको बताइएको छ । विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारीलाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान आएका थियो ।

