जापान । जापानको फुकुओकामा शंकास्पद घटनामा तीन तला माथिबाट खसेका नेपाली विद्यार्थी यूनेश अधिकारीको निधन भएको छ । अधिकारीको शनिवार मध्यान्ह निधन भएको उनि अध्ययनरत विद्यालय निशि निहोन जापानीज भाषा विद्यालयले जानकारी दिएको छ ।
डिसेम्बर ३१ तारिख फुकुओका शहरमा आयोजित दोङ् कन्सर्टमा सहभागी भएर फर्कने क्रममा रहेका यूनेश तेञ्जिङ्ग स्टेसनमा रहेको शौचालयबाट खसेका थिए । तीन तलामाथि रहेको रेल स्टेशनमा रहेको शौचालको झ्यालबाट खसेका अधिकारीलाई अचेत अवस्थामा अस्पताल लगिएको थियो ।
रगत बगेको र अचेत अवस्थामा भेटिएका उनलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएकोु बताइएको छ । प्रहरीले घटना घटाइएको वा दूर्घटना थियो भन्ने विषयमा हाल अनुसन्धान गरिरहेको बताएको छ ।
एनआरएनए क्यूशुद्धारा जारी विज्ञप्तिमा ुसोही भवनमा रहेको सिसिटिभी फुटेजको आधारमा निज अधिकारी वरिपरि घुम्दै गरेको र बाटो पत्ता लगाउन नसकीएको जस्तो देखिएको र उक्त भवनको तेस्रो तल्लाको आकस्मिक झ्याल खोली पहिले पन्जा फाली त्यसपछि आफु तल खसेको प्रत्यक्षदर्शी जापानी नागरिकले बताएको प्रहरीले बताएको छ ।
प्रहरीलाई घटनास्थलबाट प्रत्यक्षदर्शी जापानी नागरीकले प्रहरीलाई फोन गरी घटनाको जानकारी गराएको र प्रहरीले उद्दारगरी उपचार गर्न लगिएकोु भन्दै ुटाउकोमा गम्भीर चोट लागेको र तत्काल शल्यक्रिया गरिएका यूनेसको उपचारका क्रममा निधन भएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएकोु बताइएको छ ।
जापानमा लामो समय सरकारी बिदा भएकोले विद्यालयलाई जनवरी ४ तारिख मात्र जानकारी प्राप्त भएको र त्यस पछि विद्यालयको तर्फबाट आवश्यक सहयोग गरिएको विद्यालयका प्रिन्सिपलले छलफलको क्रममा बताएको उल्लेख छ ।
यसअघि आफ्नो छोरा जापानमा बेपत्ता रहेको भन्दै यूनेशको आमाले नेपाली राजदूतावास जापानलाई सम्वोधन गर्दै ुखोजबिन र सत्यतथ्य पत्ता लगाउन सहयोग गरिदिनु आग्रह गर्दै पत्र पठाउनुभएको थियो ।

