सोमबार, बैशाख ०७, २०८३

गुल्मेली समाज जापानले पाचौं अधिवेशनको तयारी पुरा

टोकियो । गुल्मेली समाज जापानले पाचौं अधिवेशन भव्य रूपमा गर्ने भएको छ ।
मातृभुमिको समृद्धिका लागी गुल्मेलीहरु एकजुट वनौ भन्ने मुल नारा सहित गुल्मेली समाज जापानले नयाँ वर्षको अवसर पारेर
जापानको राजधानी टोकियोको सन्नि हल निप्पोरीमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको साथमा अधिवेशन भव्य रूपमा गर्न लागेको हो ।

नेपालको चर्चित कलाकारहरु खुमन अधिकारी, शान्ता रानी परीयार, पुरुषोत्तम भण्डारी (पुर्खे बा) लाई आमन्त्रण गरिए संगै भव्यरुपमा अधिवेसन सम्पन्न गर्न लागिएको र सम्पूर्ण तयारी पुराभई सकेको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिएका छन।

समग्र जन्म भुमी संगै कर्म भुमीले जापानमा रहनु भएका गुल्मेलीलाई जोड्ने माध्यम समाज रहेको हुदा
जापान स्थित संघ-संस्था, संगठन, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार एवम श्रमजीवी नेपालीहरु सम्पूर्ण आमा-बुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागी हार्दिक निमन्त्रण दिदै
नव वर्ष २०२४ को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा , दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख , शान्ति , समृद्धि , सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै महाधिवेशन समारोहमा मैत्रीपुर्ण सद्भावका लागी सादर अनुरोध गरिएको समाजका अध्यक्ष अधिकारीले बताउनु भयो।