काठमाडाैँ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पमा परी एक हजार ४०० बढी घाइते छन् । बीबीसीका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएको छ । ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ ।
भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म पुग्न निकै कठिनाइ भएको छ । पूराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।
मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमहरूले जनाएका छन् ।