शुक्रबार, असोज ०५, २०८०

कास्की पोखरा समाजले अगस्ट ६ मा बार्बेक्यू गर्ने,एनआरएनए जापानका निर्वाचितहरुलाई बधाई दिने

जापान । कास्की पोखरा समाज जापानले यही आईतवार अगस्ट ६ तारिक बार्बेक्यु कार्यक्रम गर्ने भएको छ ।

जाओ कास्कीबाट जापानमा आई बसोबास गर्ने सम्पूर्ण कस्केलीहरु सँग भलकुसारी गर्ने संगै सम्बन्धहरु लाई पूनर्ताजगी गर्ने उदेस्यले बार्बेक्यु कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनु भयो । सोही कार्यक्रममा गत जुलाई ३० तारिक सम्पन्न एनआरएनए जापानको निर्वाचन मार्फत नब-निर्वाचित कार्यसमिती र आईसिसी सदस्यहरुलाई बधाई समेत दिने कार्यक्रम जानकारी अध्यक्ष अधिकारीले दिनुभयो ।

हरेक बर्ष झै यो बर्ष पनि बार्बेक्यु कार्यक्रम गरिएको हुँदा उत्साहजनक रुपमा सहभागि हुन जापानबासी सम्पूर्ण पोख्रेली कस्केलीहरु लाई निमन्त्रणा गरिएको संयोजक बिसु भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम टोकियो नजिकै रहेको खासाइ रिन्काइ कोएनमा हुने जानकारी आयोजकले दिएको छ।