बुधबार, असोज १०, २०८०

एनआरएनए जापानको निर्वाचन: नागोयाबाट मुख्य-मुख्य पदमा उम्मेद्वारी

निशान राना, नागोया । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको आगामी जुलाई २९ तारिखमा ११औं महाधिवेशनका हुने भएको छ । महाधिवेशनको चहल -पहल बढिरहदा जापानको तेश्रो ठूलो शहर नागोया क्षेत्रबाट पनि एनआरएनए अभियन्ताहरुले पत्रकार सम्मेलन तथा सामाजिक सन्जाल मार्फत मुख्य पदहरुमा उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले नागोयामा पत्रकार सम्मेलन गरेर एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। सन २०१०देखी एनआरएनए जापानको सदस्य हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका अधिकारीले एनआरएनए जापानको भवन बनाउने ,जापानको जुनसुकै ठाँउबाट नेपाली भाषामै सवारी चालक अनुमती परिक्षा दिन मिल्ने व्यवस्था गर्ने, नेपाल सरकार तथा जापान सरकारसंग समन्वय गरी नेपाली विद्यार्थीहरुले पार्ट टाईम जब९आरुबाइतो०गर्दा कर तिर्न नपर्ने व्यवस्था लागु गराउन आफ्नो ठाउँबाट अग्रणी भूमिका निर्वाह गर्नुका साथै क्षेत्रलाई सुसोचित बनाउने लगाएतका महत्वपुर्ण कुराहरु घोषणा पत्रमा उल्लेख गरेका छन्।

अधिकारीले एनआरएनए जापानभित्र थुप्रै सुधार एवं सकारात्मक परिवर्तन गर्न आवश्यक रहेको बताउदै यस पटक तिनै सुधारको सुरुवात गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको जानकारी दिए । अधिकारीले नेतृत्वमा पुग्नु मात्र मेरो चाहना नभई क्षेत्रीय,भेगिय तथा अन्य आस्थाहरुमा विभक्त नेपाली समुदायलाई एनआरएनएको छाताभित्र गोलबन्द गर्नु पनि आजको आवश्यकता रहेको बताए ।

त्यसै गरी उपाध्यक्षका लागि एनआरएनए क्षेत्रीय समिति नागोयाका निवर्तमान संयोजक मनोज बम मल्लले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् । मल्लले नागोयाको संयोजक रहदा आफूले गरेका केही महत्वपूर्ण कामहरुलाई सामाजिक सन्जालमा सार्वजनिक गर्दै उनले उपाध्यक्ष पदका लागि योग्य रहेको दाबी गरेका हुन् । २०२१-२०२३ कार्यकालमा नागोया क्षेत्रीय समितिको संयोजक रहँदा आर्थिक पारदर्शिता गराइ संस्थालाई २३ लाख भन्दाबढी बचत गराउन सफल भएको मल्लले उल्लेख गरेका छन् ।

त्यसै गरि बर्तमान सचिब श्याम कुमार श्रेष्ठ ”श्याम शितल”ले पनि सामाजिक संजाल मार्फत महासचिब पदका लागि आफ्नो उम्मेद्वारी रहेको जानकारी गराएका छन्।

श्रेष्ठ जापानको बिभिन्न संघ संस्था हुँदै गैर आवसिय नेपाली संघ जापानमा २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिब २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक सफलता पुर्बक सम्पन्न गरि हाल २०२१-२०२३ कार्यकालमा NRNA जापानको सचिब पदको जिम्मेवारी सम्हाली रहेका छन्। शितलले गहिरो पारामा भने बिना तलब बिना भात्ता आफ्नो पकेटको पैसा खर्चिएर गरिएको समाज सेवाले पनि किन सम्मान भन्दा अपमान बढि पाईरहेका छौ । यहि प्रश्नले मन अमिलो बनाउछ ।

संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्र भएका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बनएका हुन। हो यी चिरा परेका मनहरुलाई मिलाउन कै लागी भए पनि संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी २०२३-२०२५ कार्यकालको लागी महासचिब पदमा आफ्नो उम्मेद्वारी दिएको जानकारी दिए।

त्यसै गरि नागोयाबाट को अर्का उम्मेद्वार राम बहादुर थापाले पनि २०२३-२५ कार्यकालका लागि सह( कोषाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।

हाल,एनआरएनए जापानको केन्द्रीय सदस्यमा रहेर काम गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताएका छन्।

आगामी२०२३-२०२५ कार्यकालका लागि अध्यक्षमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महिला उपाध्यक्ष संगीता अधिकारी सुवेदी, अर्का उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।